काठमाडौं र ललितपुरमा निःशुल्क सिटामोल वितरण गर्दै सरकार

नेपालमा डेंगु संक्रमणले महामारीको रुप लिन थालेपछि सरकार बल्ल सक्रिय हुने प्रयासमा लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगुका कारण साउन यता ३८ जनाको मृत्यु भएको छ । ७६ जिल्लामा २८ हजार १ सय ९ जना डेंगु संक्रमित भएको मन्त्रालयले जनाएको छ । तर, सरकारले बल्ल अस्पतालमा सिटामोल पठाउन सुरु गरेको छ । संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं र ललितपुरका १४ स्थानीय तहसँगै यहाँका १६ अस्पतालमा पाँच लाख ५० हजार थान सिटामोल पठाएको हो  । निःशुल्क वितरणका ला

सम्बन्धित सामग्री

आधारभूत स्वास्थ्य निःशुल्क दिन्छौं : मन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको २३औँ वार्षिकोत्सव तथा १८ औँ क्यान्सर सतर्कता दिवसमा सोमबार आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य चौकी र पालिकास्तरका अस्पतालमा आधारभूत स्वास्थ्य निःशुल्क उपलब्ध गराईने बताउनुभयो । सरकारले ७८ प्रकारका औषधि निःशुल्क वितरण गरेको र […]

सरकारले अब सबैलाई निःशुल्क महिनावारी प्याड वितरण गर्ने !

जेठ ४, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।  बुधवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अव सबै महिलाहरुलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउने बताए । उनले पहाडका विद्यालयहरुमा महिला छात्राबासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना प्रस्तुत गरे । विद्यालय तहका छात्राहरुलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरुमा छात्राबासको आवश्यक्ता व्यवस्था मिलाउनुको विकल्प नरहेको उपाध्यक्ष पौडेलले बताए । उपाध्यक्ष पौडेलले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताए । उनले महिला सेल बनाएर आयोगले महिलाहरुको हितमा काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । उपाध्यक्ष पौडेलले महिलाहरुको सुरक्षाका लागि सुरक्षा निकायहरुमा पनि महिलाहरुको सहभागिता बढाउन सरकार लागिरहेको बताए ।

‘स्यानिटरी प्याड निःशुल्क गर सरकार’ भन्दै प्रदर्शन

काठमाडौं । महिलाले महिनावारीमा प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको भन्दै शनिबार पनि काठमाडौंमा विरोध गरिएको छ । ‘स्यानिटरी प्याड निःशुल्क गर सरकार’ भन्दै आम युवा अभियानको अगुवाइमा प्रदर्शन गरिएको हो । निःशुल्क रूपमा वितरण गर्नुपर्ने वस्तुमा कर लगाइएको प्रदर्शनमा सहभागीको भनाइ थियो । त्यसक्रममा उनीहरुले निःशुल्क रूपमा स्यानिटरी...

निषेधाज्ञामा निःशुल्क खाना वितरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको सोमबार देशवासीका नाममा सम्बोधन गर्दै निषेधाज्ञाका कारण कसैलाई पनि भोकै मर्न नदिन सरकार सचेत रहेको बताए । तर, विपन्न वर्ग भोकै हुन थालेको भेटिएको छ । गत वर्षको लकडाउनमा निःशुल्क खाना बाँड्दै हिँडेका हन्ड्रेड ग्रुपका अगुवा बब्लु गुप्ताको टोलीले पुनः मजदुरलाई खाना वितरण गर्न...