सरकारले अब सबैलाई निःशुल्क महिनावारी प्याड वितरण गर्ने !

जेठ ४, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले महिनावारीमा लगाइने प्याडको निःशुल्क व्यवस्था गर्ने सरकारले लक्ष्य लिएको बताएका छन् ।  बुधवार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै उपाध्यक्ष पौडेलले महिनावारी महिलाहरुको समस्याको रुपमा देखा परेको उल्लेख गर्दै ती समस्या हल गर्नका लागि सरकारले विद्यालयहरुमा महिनावारीमा लगाइने प्याड निःशुल्क वितरण गरिरहेको र अव सबै महिलाहरुलाई निःशुल्क वितरण गर्ने गरी बजेट, नीति तथा कार्यक्रम ल्याउने बताए । उनले पहाडका विद्यालयहरुमा महिला छात्राबासको संख्या बढाउने विषयलाई पनि आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्ने योजना प्रस्तुत गरे । विद्यालय तहका छात्राहरुलाई अध्ययनका लागि सहज बनाउन पनि सरकारले पहाडका विद्यालयहरुमा छात्राबासको आवश्यक्ता व्यवस्था मिलाउनुको विकल्प नरहेको उपाध्यक्ष पौडेलले बताए । उपाध्यक्ष पौडेलले महिला सशक्तिकरणका लागि राष्ट्रिय महिला आयोगको कामलाई प्रभावकारी बनाउने विषयमा पनि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिने बताए । उनले महिला सेल बनाएर आयोगले महिलाहरुको हितमा काम गरिरहेको र त्यसलाई प्रभावकारी बनाउन सरकार प्रतिवद्ध रहेको पनि स्पष्ट पारे । उपाध्यक्ष पौडेलले महिलाहरुको सुरक्षाका लागि सुरक्षा निकायहरुमा पनि महिलाहरुको सहभागिता बढाउन सरकार लागिरहेको बताए ।  

सम्बन्धित सामग्री

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।...

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।...

सरकारले निःशुल्क विद्युतीय चुलो वितरण गर्नका लागि विद्यार्थीसँग माग्यो आवेदन

सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सूचना प्रकाशित गर्दै आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो ।

करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

सरकारले करिब ३ लाख विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । १६ वर्षभन्दा माथिका २ लाख ८८ हजार ६६८ विद्यार्थीलाई निःशुल्क सिम वितरण गरिएको हो ।  बिहीबार अर्थमन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन अनुसार १६ वर्षभन्दा माथिका २ लाख ८८ हजार ६६८ विद्यार्थीलाई एक थान सिम कार्ड निःशुल्क वितरण भएको छ । सरकारले...

वादी समुदायलाई निःशुल्क सोलार

अर्घाखाँची । सदरमुकाम सन्धिखर्कका वादी समुदायलाई निःशुल्क सोलार वितरण गरिएको छ । सन्धिखर्क नगरपालिका–२ का १३ वादी परिवारलाई सोलार वितरण गरिएको हो । झन्डै ३५ वर्षसम्म वादी समुदाय भद्रिखोलामा त्रिपालमुनि बस्दै आएको थियो । हाल उनीहरुका लागि नयाँ घर निर्माण गरिएको हो । स्थानीय मधु वादीका अनुसार चुत्राबेँसीका वादी समुदायलाई सरकारले नयाँ घर बनाइदिएको हो […]

योगी सरकारले १५ करोड गरीबलाई होलीसम्म महिनैपिच्छे निःशुल्क खाद्यान्न दिने

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गरीबलाई निःशुल्क खाद्यान्न वितरण गर्ने योजनालाई होलीसम्म लम्ब्याएका छन् । बुधवार अयोध्यामा भव्य दीप उत्सव कार्यक्रममा सहभागी हुँदै मुख्यमन्त्री योगीले गरीबलाई महिनैपिच्छे १ किलो खाद्य तेल, १ किलो दाल र १ किलो नून निःशुल्क दिने जानकारी दिए । यसअघि योगी सरकारले निःशुल्क खाद्यान्न योजना अन्तर्गत हरेक महिना प्रतिव्यक्ति ५ किलो खाद्यान्न दिँदै आएको छ । जुन योजनाबाट १५ करोड प्रदेशवासी लाभान्वित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।