साताको नेप्से: करिब ३ प्रतिशत बढ्दा दोस्रो बजारको कुल पूँजीकरण करिब ३२ खर्ब

काठमाडौं । धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३२ खर्ब नजिक पुगेको छ । फागुन २४ गते बिहीवारसम्म दोस्रो बजारको कुल पूँजीकरण ३१ खर्ब ९१ अर्ब ७५ करोड रूपैयाँभन्दा बढी कायम भएको बजार सञ्चालकले जानकारी दिएको छ । गत साता मात्र कुल पूँजीकरण ९१ अर्ब ८९ करोड रूपैयाँभन्दा बढीले बृद्धि भएको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण ३० खर्ब ९९ अर्ब ८६ करोड रूपैयाँभन्दा बढी कायम रहेको थियो । दोस्रो बजार १ हजार ९७२ दशमलव शून्य ९ विन्दुदेखि बढेर गत साता २ हजार ३० दशमलव ५५ विन्दुमा बन्द भएकाले कुल बजार पूँजीकरणमा समेत सकारात्मक प्रभाव परेको हो । अघिल्लो साताको तुलनामा गत साता समग्र दोस्रो बजारको कारोबार मापक नेप्से परिसूचक २ दशमलव ९६ प्रतिशत अर्थात ५८ दशमलव ४६ अंक बढेको हो । सूचनाका आधारमा उचारचढाब आउने नेपालको धितोपत्र दोस्रो बजार गत साता राजनितिक गतिविधिका समाचारबाट प्रभावित बनेको देखिन्छ । अर्थमन्त्री परिवर्तनदेखि नयाँ गठबन्धकको सरकारकाले बजारमा निकै उचारचढाब ल्यायो । साताको दोस्रो कारोबार दिन सोमवार नयाँ गठबन्धनको सरकार बन्ने भएको समाचार वाहिरिएसँगै नेप्से ६ प्रतिशत बढेर एक घण्टा ४ मिनेटको अवधिमै पुरै कारोबार दिनको लागि बन्द भएको थियो । गत साता पाँच कारोबार दिनमा नेप्से परिसूचक तीन कारोबार दिन बढेको छ । साताको पहिलो कारोबार दिन ११ दशमलव ७८ अंकले घटेको बजार दोस्रो दिन सकारात्मक सर्किट लागेसँगै मङ्गलवार भने ७० दशमलव ३१ अंकले घटेको थियो । त्यसपछिको दुई कारोबार दिन बुधवार ९ दशमलव ३३ अंक र बिहीवार १३ दशमलव ५१ अंक बजार बढेको छ । गत साता बजारका महत्त्वपूर्ण सबै सूचकहरू सकारात्मक बनेका छन् । कारोबार रकम १३ दशमलव ८७ प्रतिशत र कारोबार कित्ता ११ दशमलव ४६ प्रतिशत बढेको छ । त्यस्तै औसत कारोबार रकम ११ दशमलव ८७ प्रतिशत र औसत कारोबार कित्ता ११ दशमलव ४६ प्रतिशत बढेको छ । अघिल्लो साता ११ अर्ब ६१ करोड १३ लाख रूपैयाँभन्दा बढीको ३ करोड २३ लाख ३७ हजारभन्दा कित्ता धितोपत्र कारोबार भएकोमा गत साता १३ अर्ब २२ करोड १७ लाख रूपैयाँभन्दा बढीको ३ करोड ६० लाख ४४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको छ । औसत कारोबार भने अघिल्लो साता २ अर्ब ३२ करोड २२ लाख रूपैयाँभन्दा बढीको ६४ लाख ६७ हजारभन्दा बढी कित्ता भएकोमा गत साता २ अर्ब ६४ करोड ४३ लाख रूपैयाभन्दा बढीको ७२ लाख ८ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । स्रोत: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत साता व्यापारिक र म्यचुअल फण्ड बाहेकका सबै समूहगत परिसूचक बढे  गत साता करिब ३ प्रतिशत बढेको बजारमा व्यापारिक र म्युचुअल फण्ड वाहेकका सबै समूहगत परिसूचक बढेका छन् । म्युचुअल फण्डको शून्य दशमलव ४५ प्रतिशत र व्यापारिकको शून्य दशमलव १२ प्रतिशत परिसूचक घटेको हो । गत साता जलविद्युत समूहको परिसूचक सबैभन्दा बढी ४ दशमलव ५१ प्रतिशत बढेको छ । त्यस्तै वित्तको ४ दशमलव ३९ प्रतिशत, लगानीको ३ दशमलव शून्य ४ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ९८ प्रतिशत, विकास बैंकको २ दशमलव ९८ प्रतिशतनै , अन्यको २ दशमलव ९० प्रतिशत, लघुवित्तको २ दशमलव ८२ प्रतिशत, होटल तथा पर्यटनको २ दशमलव ७५ प्रतिशत, बैंकिङको २ दशमलव ५७ प्रतिशत, उत्पादन तथा प्रशोधनको २ दशमलव ३८ प्रतिशत र जीवन बीमाको २ दशमलव शून्य १ प्रतिशत परिसूचक बढेको हो । परिसूचकमा देखिएको घटबढलाई आधार मान्दा गत साताको कारोबारमा जलविद्युत समूहले सर्वाधिक कमाएका छन् भने म्युचुअल फण्डले सर्वाधिक गुमाएका छन् । स्रोत: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सम्बन्धित सामग्री

हाइड्रोपावरबाहेक सबै समूहका सूचक बढे, माइक्रोफाइनान्समा ४ प्रतिशतको वृद्धि

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १.०८ प्रतिशत बढेको छ । २२.१० अंकले नेप्से बढेपछि २०५२ अंकमा पुगेको छ । कुल २ अर्ब ९२ करोड रुपैयाँको कारोबार भयो । १९४ कम्पनीको मूल्य बढ्दा ४६ को घट्यो भने ४ को स्थिर रह्यो । हाइड्रोपावरबाहेकका सबै समूह बढेका छन् । सो समूह भने ०.१२ प्रतिशत […]

सेयर बजारमा ९० कम्पनीको मूल्य बढ्दा १५० को घट्यो

८ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको छ । जम्मा ९० कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ भने ९ को स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से  १.७६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३३ अंकमा कायम भएको छ । दिनभर कुल ३ अर्ब ११ करोडको कारोबार […]

शेयर बजारको ओरालो यात्रा उस्तै, आज पनि झन्डै ३० अङ्कले घट्यो

काठमाण्डौ – शेयर बजारको ओरालो यात्रा आज बुधवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८९ अङ्कले घटेर एक हजार नौ सय ६६ दशमलव ३७ विन्दुमा झरेको छ ।  आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार राताम्मे हुने क्रम नरोकिएपछि बिक्री गर्नेहरू बढ्दा कारोबार रकम भने केही बढेको छ । दुई सय २९ वटा कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर एक अर्ब ४९ करोड १७ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १२ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।  आज बलेफी हाइड्रो र लाइफ...

१८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने […]

सहकारीमा पनि आधारदर लागू गर्न लबिङ

काठमाडौं, फागुन ४ । सहकारी संस्थाका सञ्चालकहरूले सहकारी संस्थामा पनि बैंक तथा वित्तीय संस्थामा जस्तै आधारदर (बेस रेट) को प्रावधान लागू गर्न लबिङ थालेका छन् । सीमा तोक्दा र बजारको ब्याजदर बढ्दा समस्या हुन थालेको भन्दै बजारको आधारमा स्वतः तलमाथि हुने गरी आधारदर लागू गर्न उनीहरूले माग गरेका हुन् । राष्ट्रिय सहकारी महासंघले सोमवार अर्थमन्त्री […]

झिनो अंकले बढ्यो नेप्से, १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको घट्यो

आइतवार १०० अंकभन्दा बढीले घटेको शेयर बजारको मापक सूचक नेप्से सोमवार भने झिनो अंकले बढेको छ । आइतवार २७०० बिन्दुमा झरेको नेप्से सोमवार ०.०८ अंकले बढेको हो ।  सोमवार १२३ कम्पनीको शेयर मूल्य बढ्दा ८९ कम्पनीको मात्रै घटेको छ । सोमवार सबैभन्दा बढी कमाउनेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीका लगानीकर्ता छन् ।  यसका लगानीकर्ताले ८.१३ प्रतिशतले कमाएका छन् । सोमवार सपोर्ट माइक्रोफाइनान्स, नेसनल हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपमेन्टसहितका कम्पनीको शेयर मूल्य बढेको छ । ...

चिसो बढेपछि हिल्सा बजार ६ जना कुरुवाको जिम्मामा

सिमकोट – नेपाल र चीनको सिमाना नेपालपट्टिको हिल्सा बजारको ६ जना कुरुवालाई जिम्मा लगाएर घरधनी निस्किएका छन्। हिमपातले चिसो बढ्दा व्यापार व्यवसाय सञ्चालन नहुने भएपछि घर कुरुवाको जिम्मा लगाएर घरधनी सदरमुकाम सिमकोटतर्फ आएका हुन्। हिल्सामा स्थापना भएको मानसरोवर होटलको कुरुवा याक्योङ लामाले चार महिनाका लागि कुरुवा भएर बसेको बताए। उनले कुनै व्यापार व्यवसाय नहुने र […]

महामारीका बाबजुद बढिरहेको सेयर बजार

ब्याजदर बढ्दा सेयर बजार घट्ने तथा ब्याजदर घट्दा सेयर बजार बढ्ने हुनाले ब्याजदर तथा सेयर बजारको सम्बन्ध सधैँ एकआपसमा उल्टो रहेको पाइन्छ । धेरै नेपालको प्रश्न : वास्तविक अर्थव्यवस्था यति कमजोर रहेपछि किन सेयर बजारको मूल्य निरन्तर बढिरहेको छ ? तर, एउटा कारक स्पष्ट भएको छ : धितोपत्र बजारले सानो व्यवसाय र कम आम्दानीका सेवा–व्यवसायलाई […]

नेप्से १२ अंकले बढ्दा धेरै गुमाउनेमा निफ्राका लगानीकर्ता

सेयर बजारको परिसूचक नेप्से बुधबार १२.५६ अंकले बढेको छ। सो अंकको वृद्धिपछि परिसूचक २५९९ अंकमा कायम भएको छ।

सेयर बजारको सम्पत्ति जीडीपीकोे नजिक, लगानीमा जोखिम कसरी घटाउने ?

काठमाडौं । सेयर बजार यतिबेला दिन प्रतिदिन बढ्दै जाने क्रममा छ । बिहीबारको अन्तिम कारोबारका आधारमा सेयर बजार परिसूचक (नेप्से) २ हजार ३ सय ७४ दशमलव ६४ विन्दुमा पुगिसकेको छ । परिसूचक बढ्दा बजार पुँजीकरण समेत दिनप्रतिदिन बढ्दै गएको छ । बिहीबारको अन्तिम कारोबारका आधारमा नेपाली पुँजीबजारमा सूचीकृत कम्पनीको ३१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीकरण अहिलेसम्मकै सबैभन्दा धेरै हो । अहिले नेपालको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३७ खर्ब ६७ अर्ब रुपैयाँ बराबर रहेको छ । यो आधारमा नेपालको पुँजीबजार क