काठमाडौं । सेयर बजार यतिबेला दिन प्रतिदिन बढ्दै जाने क्रममा छ । बिहीबारको अन्तिम कारोबारका आधारमा सेयर बजार परिसूचक (नेप्से) २ हजार ३ सय ७४ दशमलव ६४ विन्दुमा पुगिसकेको छ । परिसूचक बढ्दा बजार पुँजीकरण समेत दिनप्रतिदिन बढ्दै गएको छ । बिहीबारको अन्तिम कारोबारका आधारमा नेपाली पुँजीबजारमा सूचीकृत कम्पनीको ३१ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यो पुँजीकरण अहिलेसम्मकै सबैभन्दा धेरै हो । अहिले नेपालको कुल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३७ खर्ब ६७ अर्ब रुपैयाँ बराबर रहेको छ । यो आधारमा नेपालको पुँजीबजार क