बीएन्डसीलाई सम्बन्धन दिन गोप्य सम्झौता

झापा / झापाको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् । स्रोतका अनुसार बुधबार शिक्षा मन्त्रालयस्थित मन्त्रीको कार्यकक्षमा दुर्गा प्रसाईं सञ्चालक रहेको मेडिकल कलेजलाई तत्काल प्रतिष्ठानसँग मिलेर केयूले सम्बन्धन दिने सम्झौता भएको हो । केयूले सम्बन्धन दिए पनि नियमन, अनुगमनलगायत... The post बीएन्डसीलाई सम्बन्धन दिन गोप्य सम्झौता appeared first on Purbeli News.

सम्बन्धित सामग्री

शैक्षिक सहकार्यका लागि सम्झौता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुंकु अब्दुल रहमान युनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्विपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र तुंकु अब्दुल रहमान युनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्राडा ली जी वेईले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा समकक्षी रहमान युनिभर्सिटी कलेजका अध्यक्ष वेईले आ–आफ्नो विश्वविद्यालयका शैक्षिक कार्यक्रम र सहकार्यका सम्भावनाबारे धारणा व्यक्त गरेका थिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सम्झौतापछि दुवै शैक्षिक संस्थाको विकासका साथै आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गरे । तुंकुु अब्दुल रहमान युनिभर्सिटीका अध्यक्ष वेईले विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ तथा समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । दुवै विश्वविद्यालयले समानता र पारस्परिकताका आधारमा आपसी हितका लागि विभिन्न सहयोगी गतिविधि सञ्चालनका लागि सम्झौता गर्न सहमत भएको बताएका छन् । सम्झौता अवधि पाँच वर्षको रहेको छ । नेपाल सरकारद्वारा २०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय स्वायत्त तथा सार्वजनिक उच्च शिक्षा संस्था हो । यसले देशभर सात स्नातक क्याम्पस, १० आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज सञ्चालन गरेको छ । विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा समाजशास्त्र, कानून, व्यवस्थापन, विज्ञान तथा प्रविधि लगायतका विभिन्न विषयमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रममा गरी करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् । त्यस्तै तुंकु अब्दुल रहमान युनिभर्सिटी कलेज मलेसियाका प्रथम प्रधानमन्त्रीको नामबाट सन् १९६९ मा स्थापना भई सन् २०१३ मा युनिभर्सिटी कलेजका रूपमा स्तरोन्नति भएको हो । यस युनिभर्सिटी कलेजका मलेसियामा ६ आंगिक क्याम्पस छन् भने मुख्य क्याम्पस मलेसियाको राजधानी क्वालालम्पुरमा छ । यस विश्वविद्यालयमा लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटर तथा सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ, प्रविधि, सामाजिक विज्ञान र मानविकी आदि कार्यक्रमअन्तर्गत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययनरत रहेको मध्यपश्चिम विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

बीएन्डसीलाई सम्बन्धन दिन शिक्षामन्त्रीकै रोहबरमा सम्झौता

झापाको बीएन्डसी मेडिकल कलेजलाई ऐनविपरीत सम्बन्धन दिलाउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौं विश्वविद्यालय (केयू) र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबीच गोप्य सम्झौता गराएका छन् ।

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन खोजेपछि डा. केसीले जनाए आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नियम कानुन छलेर दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन खोजेको भन्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आपत्ति जनाउनुभएको छ । बिहीबार विज्ञप्ति प्रकाशित गरी डा. केसीले चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध भएको दाबी गर्नुभयो । विज्ञप्तिमा डा. केसीले ‘काठमाडौं विश्वविद्यालयका उपकुलपतिले कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी आफ्ना राजनीतिक मालिकहरुलाई रिझाउन प्रयास गरेको’ आरोप पनि लगाउनुभएको छ । डा. केसीको विज्ञप्तिमा भनिएको छ– एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन प्रधानमन्त्री तथा शिक्षामन्त्रीले चालेको अर्को अवैध कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। चिकित्सा शिक्षा ऐन जारी भएर सम्बन्धनको मुख्य जिम्मेवारी चिकित्सा शिक्षा आयोगको भइसकेको अवस्थामा आयोगलाई छलेर चोर बाटोबाट सम्बन्धन दिलाउने प्रयास सरासर अनैतिक र अवैध हो। प्रधानमन्त्री र शिक्षामन्त्रीले पछिल्लो समय जसरी पदीय मर्यादा कुल्चँदै पहुँच र प्रभावका भरमा मात्र सम्बन्धन बाँड्ने प्रयास गरेका छन्, त्यसबाट उनीहरुले नैतिकता र इमान बेचिसकेको पुष्टि हुन्छ। मेडिकल शिक्षाजस्तो मानिसको जीवन–मरणसँग जोडिएको विषयमा पदमा हुनेहरुले गरिरहेको त्यस्तो अनियमितता निन्दनीय छ। त्यस्तै काठमाडौं विश्वविद्यालयका उपकुलपतिले कानुनी व्यवस्थाको प्रतिकुल हुने गरी आफ्ना राजनीतिक मालिकहरुलाई रिझाउन गरेको प्रयास पनि निन्दनीय छ। नियुक्त भएको एकाध महिनामै यस्ता अवैध काममा संलग्न भएबाट उनी आफूले नेतृत्व गरेको विश्वविद्यालय, त्यसले दिने शिक्षाको गुणस्तर र त्यसको प्राज्ञिक मर्यादाभन्दा भ्रष्ट र आपराधिक प्रवृत्तिका राजनीतिज्ञहरुलाई खुशी बनाउनमा लिप्त छन् भन्ने पुष्टि गर्छ। पछिल्लो समय सरकारले चिकित्सा शिक्षा आयोगको आपत्तिका बाबजुद केयु र बीपी प्रतिष्ठानबीच कथित समझदारीपत्र गराएर सम्बन्धन दिलाउने कोशिस गरेको छ। जबकि कानुनमा कतै त्यस्तो प्रावधान छैन। कुनै संस्थाका भ्रष्ट पदाधिकारीहरुको गठजोड र सत्तामा हुनेहरुको निहित स्वार्थ देशको कानुनी व्यवस्थाभन्दा माथि हुन सक्दैन। त्यसैले अवैध रुपमा चोर बाटोबाट सम्बन्धन दिलाउने कुनै पनि प्रयास हामीलाई स्वीकार्य छैन। देशका सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्याउने भनेर हामीसित बारम्बार सम्झौता भएको छ। चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार विसं २०८० ...

प्रकृया मिचेर बीएन्डसीलाई सम्बन्धन नदिन कांग्रेसको चेतावनी

काठमाडौं : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो आदेशमा झापास्थित प्रस्तावित बीएन्डसी कलेजलाई एमबीबीएसको सम्बन्धन दिने काठमाण्डौं विश्वविद्यालय सभाको निर्णयप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ। कामचलाउ सरकारका शिक्षामन्त्रीको निर्देशनमा विश्वविद्यालय सभाको निर्णयप्रति कांग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरित बारम्बार यस्ता हस्तक

मेडिकल कलेज सम्बन्धनबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौँं । प्रस्तावित चिकित्सा शिक्षा विधेयक र प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत काठमाडौँको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा सांसद गगनकुमार...

मेडिकल माफियाविरुद्ध उत्रिए गगन, संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रस्तावित चिकित्सा शिक्षा विधयेक र डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत काठमाडौको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगनकुमार थापाले संसद सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न चिकित्सक संघको माग :: Pahilopost.com

काठमाडौँ : नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।  संघका महासचिव डा लोचन कार्कीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि प्रा डा गोविन्द केसीले आमरण अनशन बसेपछि सरकारले संघसँग गरेको सम्झौता विपरीत सम्बन्धन दिएको भन्दै आपत्ति जनाएका छन्।  महासचिव कार्कीले

नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग

काठमाडौँ । नेपाल चिकित्सक संघले सम्झौता विपरीत नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।  संघका महासचिव डा लोचन कार्कीले...

काठमाडौं नेसनलको सम्बन्धन खारेज नभए आन्दोलनः नेपाल चिकित्सक संघ

काठमाडौं- नेपाल चिकित्सक संघले काठमाडौं नेसनल मेडिकल कलेजलाई दिएको सम्बन्धनको विरोध गरेको छ। संघले विज्ञप्तिमार्फत् सरकार र संघबीच भएको सम्झौता विपरीत काठमाडौं नेसनललाई सम्बन्धन...