शैक्षिक सहकार्यका लागि सम्झौता

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र मलेसियाको तुंकु अब्दुल रहमान युनिभर्सिटी कलेजबीच शैक्षिक सहकार्यका लागि द्विपक्षीय सम्झौता गरिएको छ । मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्दबहादुर सिंह र तुंकु अब्दुल रहमान युनिभर्सिटी कलेजका तर्फबाट अध्यक्ष प्राडा ली जी वेईले भर्चुअल माध्यमबाट सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । अनलाइन सम्झौता समारोहमा मध्यपश्चिमका उपकुलपति सिंह तथा समकक्षी रहमान युनिभर्सिटी कलेजका अध्यक्ष वेईले आ–आफ्नो विश्वविद्यालयका शैक्षिक कार्यक्रम र सहकार्यका सम्भावनाबारे धारणा व्यक्त गरेका थिए । मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहले सम्झौतापछि दुवै शैक्षिक संस्थाको विकासका साथै आपसी समझदारीलाई बढावा दिने विश्वास व्यक्त गरे । तुंकुु अब्दुल रहमान युनिभर्सिटीका अध्यक्ष वेईले विद्यार्थी, प्राध्यापक तथा कर्मचारी आदानप्रदान हुने र उक्त कार्यमा आफ्नो पूर्ण साथ तथा समर्थन रहने प्रतिबद्धता व्यक्त गरे । दुवै विश्वविद्यालयले समानता र पारस्परिकताका आधारमा आपसी हितका लागि विभिन्न सहयोगी गतिविधि सञ्चालनका लागि सम्झौता गर्न सहमत भएको बताएका छन् । सम्झौता अवधि पाँच वर्षको रहेको छ । नेपाल सरकारद्वारा २०६७ असार ३ गते स्थापना भएको मध्यपश्चिम विश्वविद्यालय स्वायत्त तथा सार्वजनिक उच्च शिक्षा संस्था हो । यसले देशभर सात स्नातक क्याम्पस, १० आंगिक क्याम्पस, दुई स्कूल र एक सम्बन्धन प्राप्त कलेज सञ्चालन गरेको छ । विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, शिक्षा, इन्जिनियरिङ, मानविकी तथा समाजशास्त्र, कानून, व्यवस्थापन, विज्ञान तथा प्रविधि लगायतका विभिन्न विषयमा पीएचडी, एमफिल, स्नातकोत्तर र स्नातक कार्यक्रममा गरी करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् । त्यस्तै तुंकु अब्दुल रहमान युनिभर्सिटी कलेज मलेसियाका प्रथम प्रधानमन्त्रीको नामबाट सन् १९६९ मा स्थापना भई सन् २०१३ मा युनिभर्सिटी कलेजका रूपमा स्तरोन्नति भएको हो । यस युनिभर्सिटी कलेजका मलेसियामा ६ आंगिक क्याम्पस छन् भने मुख्य क्याम्पस मलेसियाको राजधानी क्वालालम्पुरमा छ । यस विश्वविद्यालयमा लेखा, वित्त र व्यापार, व्यावहारिक विज्ञान, कम्प्युटर तथा सूचना प्रविधि, वातावरण, इन्जिनियरिङ, प्रविधि, सामाजिक विज्ञान र मानविकी आदि कार्यक्रमअन्तर्गत पीएचडी, एमफिल, स्नातकोत्तर, स्नातक र डिप्लोमा तहमा करीब २८ हजार विद्यार्थी अध्ययनरत रहेको मध्यपश्चिम विश्वविद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

सम्बन्धित सामग्री

वडामै योजना सम्झौता

प्रायः पालिकामै वडाभरिका योजनाकाे सम्झौता हुने गर्दछ, तर दैलेखको महावु गाउँपालिकामा घुम्ती शिविर राखेर जनताको सहजताका योजनाको सम्झौता वडामै हुने गरेको छ।...

लिभरपुलमा जोटाको सम्झौता नविकरण

एजेन्सी – पोर्चुगिज फरवार्ड डिएगो जोटाले इंग्लिस क्लब लिभरपुलमा सम्झौता नविकरण गरेका छन् । जोटाले सम्झौता अवधि बाँकी रहँदै थप ५ वर्षको सम्झौता नविकरण गरेका हुन् । जोटाको सम्झौता सन् २०२५ सम्म रहेको थियो । अब २५ वर्षीय जोटा सन् २०२७ को अन्त्यसम्म एनफिल्डमा रहनेछन् । जोटा २०२० मा इंग्लिस क्लब वल्भ्सबाट ४१ मिलियन पाउन्डमा […]

क्लोपद्धारा लिभरपुलमा सम्झौता नविकरण

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका जर्मन प्रशिक्षक योर्गेन क्लोपले क्लबसँगको सम्झौता नविकरण गरेका छन् । क्लोपले लिभरपुलसँग थप दुई वर्षको सम्झौता नविकरण गरेका हुन् । क्लोपले आफ्नो सम्झौता २०२४ को सिजनको अन्त्यसम्म रहेको र त्यसपछि एनफिल्ड छाड्ने मनासय बनाएपनि उनले क्लबमै बस्ने मनासय बनाएको हो । सम्झौता पुष्टि भएपछि लिभरपुलको आधिकारिक वेबसाइटमा बोल्दै क्लोपले भने, […]

फोनपे र खल्तीबीच सम्झौता

काठमाडौं । मोबाइल वालेट खल्ती र फोनपे पेमेन्टबीच सहकार्य गर्ने सम्झौता भएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच भुक्तानी प्रणाली सञ्चालक फोनपे र सेवा प्रदायक खल्तीबीच उक्त सम्झौता भएको हो । सम्झौता पत्रमा फोनपेका नायव प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले हस्ताक्षर गरेका छन् । सम्झौता भएसँगै खल्ती फोनपेको […]

बार्सिलोनामा फातीको सम्झौता नविकरण

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा फरवार्ड अन्सु फातीले क्लबसँग सम्झौता नविकरण गरेका छन् । बार्सिलोनाले आफ्ना युवा स्टार फातीसँग ६ वर्षको नयाँ सम्झौता नविकरण गरेको हो । सम्झौता अनुसार फाती १८ वर्षीय फाती सन् २०२७ सम्म बार्सिलोनामै रहनेछन् । पछिल्लो सम्झौता अनुसार फातीको बार्सिलोनासँगको सम्झौता यो सिजनको अन्त्यसम्म रहेको थियो । क्लबले उनको रिलिज क्लज एक बिलियन […]

सम्झौता

मनुष्य जीवन एकैपटक हुन्छ, जस्तो रूपमा जन्मिए पनि हामीले सहर्ष स्विकारेर खुसीसँग जीवनयापन गर्नुपर्दछ। सम्झौता, यति धेरै त्याग नगर, आफ्नो मन मिल्नेसँग जीवनयापन गर। समाजका कारण मैले आफ्नो पहिचान खुलाउन पाइनँ, जसले गर्दा तिमीले अप्ठेरो व्यहोर्नुपर्‍यो, मलाई म...

मुख्यमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।मुख्यमन्त्री शाहीले चालु आर्थिक वर्षमा सम्बन्धित मन्त्रालयले सम्पन्न गर्नुपर्ने काम र त्यसको समय तालिकासहितको सम्झौता गरेका हुन् । अब मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवसँग सम्झौता गर्नेछन् । गत आर्थिक बर्षमा पनि यस्तै किसिमको सम्झौता गरिएको भएपनि सम्झौता अनुसारको कार्यसम्पादन हुन सकेको थिएन ।गत बर्ष मुख्यमन्त्री […]

पीएसजीसँग मेसीको सम्झौता १

एजेन्सी। फ्रेन्च लिग वानको क्लब पीएसजीसँग मेसीको सम्झौता हुने पक्का भएको इएसपीएन एफसीका जुलियन लरेन्सले बताएका छन्। उनले पीएसजीसँग मेसीको सम्झौता भइसकेको र भोलिसम्म पेरिसमा मेडिकल हुने बताएका छन्। मेडिकल सकिएपछि दुई पक्षबीच सम्झौता हुने लरेन्सले दाबी गरेका छन्। यसअघि इएसपीएनले नै मेसीसँगको सम्झौता सार्वजनिक गर्न पीएसजीले आइफेल टावर ‘बुक’ गरेको जनाएको थियो।

किएलिनी र युभेन्ट्सबीच सम्झौता नवीकरण

एजेन्सी – इटालियन क्लब युभेन्ट्सका कप्तान जर्जियो किएलिनीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । डिफेन्डर किएलिनीले क्लबसँग दुई वर्षको लागि सम्झौता नवीकरण गरेका हुन् । सम्झौता नविकरणसँगै अब ३६ वर्षीय इटालियन डिफेन्डर सन् २०२३ सम्म युभेन्ट्समा रहने छन् । इटालीका कप्तान समेत रहेका किएलिनी सन् २००४ मा रोमाबाट युभेन्ट्स आएका थिए । त्यसयता उनले लिभोर्नाे […]

जोनद्वारा सम्झौता नवीकरण

इंग्लिस क्लब उल्भ्सका गोलकिपर जोन रुड्डीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । इंग्लिस गोलकिपर जोनले उल्भ्ससँग एक सिजनको लागि सम्झौता नवीकरण गरेका हुन् । सम्झौता नवीकरण गरेसँगै जोन २०२१/२२ को सिजनसम्म उल्भ्समा रहने छन् । ३४ वर्षीय गोलकिपर जोन २०१७ मा नर्विच सिटीबाट उल्भ्स आएका थिए ।