काठमाडौं : शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको ठाडो आदेशमा झापास्थित प्रस्तावित बीएन्डसी कलेजलाई एमबीबीएसको सम्बन्धन दिने काठमाण्डौं विश्वविद्यालय सभाको निर्णयप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण जनाएको छ। कामचलाउ सरकारका शिक्षामन्त्रीको निर्देशनमा विश्वविद्यालय सभाको निर्णयप्रति कांग्रेस शिक्षा विभागका सचिव डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। ‘नेकपा सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौता विपरित बारम्बार यस्ता हस्तक