समर्थकहरुको आवाज र राष्ट्रिय फुटबल टोलीको जर्सीमा पुनः मैदान फर्कने हुटहुटी उनको अनुहारमा छर्लङ्ग देखिन्छ । ‘राष्ट्रिय टोलीको जर्सीमा फर्किन मेहनत गरिरहेको छु । फेरि देशका लागि गोल गर्दै समर्थकहरुको गुन्जाहट सुन्न आतुर छु,’ फुटबल खेलाडी भरत खवास स्मरण गर्छन् । लामो समय राष्ट्रिय टोलीमा राज गरेका भरतलाई अहिले टिम बाहिर बस्दा फुटबल निकै ‘मिस’ गरिरहेको लाग्छ । त्यसैले उनको मनमा अहिले त्यति उत्साह छैन । आर्मीलाई ए डिभिजन लिगको उपाधि जिताउन नसकेको पीडा मनमा छ नै, त्यो भन्