बंगलादेश विरुद्धको खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौं : बंगलादेशविरुद्ध आगामी साता दशरथ रंगशालामा तय भएको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ।आगामी ११ असोजमा दशरथ रंगशालामा हुने खेलका लागि कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टिमको घोषणा गरेका हुन्।हुमगाईले अनुभवी खेलाडी नवयुग श्रेष्ठ, भरत खवास तथा यु-२० टिमका कप्तान रहेका आयुष घलानलाई टोलीमा सहभागि नगराउँदा टोलीमा युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरीले भने स्थान बनाएका छन्।नेपाली टिमगोलरक्षक : किरण चेम्जोङ,  विशाल श्रेष्ठ,