काठमाडौं । तेक्वान्दो खेलाडी दीपिका कार्कीको उपचारका क्रममा निधन भएको छ । निमोनिया भएपछि उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएकी १३ वर्षीया दीपिकाको शुक्रबार निधन भएको हो । यसअघि काठमाडौं जिल्ला तेक्वान्दो संघले दीपिकाको उपचारका लागि शुक्रबार ७७ हजार दुई सय १० रुपैयाँ आर्थिक सहयोग गरेको थियो । उक्त रकम काठमाडौं जिल्ला तेक्वान्दोका […]