महिलालाई उद्यमशीलतामा आकर्षित गर्न पहुँच सुनिश्चितताको माग

विराटनगर । महिलालाई उद्यमशीलतमा आकर्षित गर्न सरकारका विभिन्न निकायबाट प्रदान गरिएका सुविधामा पहुँच सुनिश्चित हुने वातावरण बन्नुपर्ने माग गरिएको छ । उद्योग संगठन मोरङले आयोजना गरेको महिला वित्तीय अधिकार सम्बन्धी कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले उक्त माग गरेका हुन् । महिलाहरूले स्थानीय शीप र श्रमको प्रयोग गरी सञ्चालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गरी महिला सशक्तीकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनुपर्ने बताए । महिला उद्यमशीलता प्रवर्द्धन, विकास एवं विस्तारका साथै क्षमता वृद्धि गराई उद्यमशीलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरूको सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा सोमवार महिला उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुर्‍याउन महिला वित्तीय अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको थियो । आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले परिवर्तित नीति नियम र बजारको प्रणालीका कारण महिला उद्यमीको सोच र सृजनात्मकताले विभिन्न समस्याको सामना गर्नुपरेको भन्दै उनीहरूको व्यावसायिक क्षमता विकासमा कार्यत्रमले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । व्यवसाय सञ्चालन गर्ने क्रममा आइपर्ने प्रक्रियागत अप्ठ्याराहरूमा सहजीकरण गर्न संगठनले आगामी दिनमा सहयोगी डेस्क स्थापना गर्ने जानकारी उनले दिए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चार्टर्ड एकाउन्टेन्ट पियूष लुनिया र प्रतीश अग्रवालले कार्यपत्र प्रस्तुत गर्दै महिलाले उद्यमशीलता प्रारम्भ गर्नुपूर्व सरकारको नीति, महिलाका लागि प्रदान गरिएका सेवा तथा सुविधा लगायत विषयमा जानकारी राख्नुपर्ने बताए । कार्यपत्र प्रस्तुतीकरणको क्रममा उनीहरूले सामाजिक–राजनीतिक चेत, उद्यमशीलता विकास, स्वरोजगार तथा आयआर्जनतर्फ पनि महिलाले आफूलाई सशक्त बनाउँदै लैजानुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओली, सहसंयोजक जयश्री जाजू, समितिका सदस्यहरू, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिका साथै अन्य महिला उद्यमीहरूको सहभागिता थियो ।

सम्बन्धित सामग्री

पपुवा न्युगिनी र अमेरिकाबीच सुरक्षा सम्झौतामा हस्ताक्षर

पपुवा न्युगिनीले सोमबार संयुक्त राज्य अमेरिकासँग रक्षा सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौताले अमेरिकी सेनालाई आफ्नो हवाई क्षेत्र र बन्दरगाहहरूमा पहुँच प्रदान गरेको छ । वासिङ्टनले प्रशान्त क्षेत्रमा चीनको बढ्दो गतिविधिलाई लिएर चिन्ता व्यक्त गर्दै आएको समय उसले रणनीतिक सहयोगको बदलामा कूटनीतिक र वित्तीय प्रोत्साहनका साथ राष्ट्रहरूलाई आकर्षित गर्ने प्रयास गरिरहेको छ । राजधानी पोर्ट […]

नोट छाडेर डिजिटल बैंकिङतर्फ

अहिलेको नयाँ पुस्ता मात्र नभएर पुरानो पुस्ता पनि डिजटल कारोबातर्फ आकर्षित भएको छ। नेपालमा बैंकिङ क्षेत्रमा आएको परिवर्तनले आर्थिक गतविधि नगदबाट क्रमशः डिजिटलतर्फ उन्मुख भएको छ। बैंकिङ क्षेत्रको विकासले सहरदेखि ग्रामीण क्षेत्रसम्म पहुँच विस्तार भएको छ।...

व्यापार विस्तारलाई डिजिटल प्रविधिको साथ

डिजिटलको विकास, पहुँच र विस्तारसँगै यसले नेपाली बजारमा निकै परिवर्तन ल्याएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगबाट अनलाइन सपिङप्रति मानिसहरू आकर्षित हुँदै गएका छन् । जसले गर्दा व्यापारको परिभाषा नै बदलिदिएको छ । कोरोना महामारीका कारण अनलाइन व्यवसाय निकै बढेको छ । लामो समयदेखि सञ्चालन भइरहेका सोसल मिडिया साइट फेसबुकले नयाँ ई-कमर्स प्लाटफर्म ‘फेसबुक […]

‘पुस मसान्तसम्ममा मर्जर प्रक्रिया सक्छौं’

पछिल्लो समय नेपालको बिमा क्षेत्रमा नयाँ बिमा कम्पनीहरू थपिएसँगै बिमाको पहुँच र विस्तार बढेको छ । तथ्यांकअनुसार नेपालमा बिमाको पहुँच ४१ प्रतिशत पुगेको छ । जीवन बिमा बजारमा कम्पनीहरूले विभिन्न आकर्षित योजना ल्याएका छन् । पछिल्लो ४ वर्षमा बिमाको पहुँच दोब्बरले वृद्धि भएको रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेको भनाइ छ । १ […]

युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गरिने

सरकारले युवा उद्यमीलाई स्वदेशमा उद्यम गर्न आकर्षित गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।   उद्यमशीलता विकास, बौद्धिक सम्पति अधिकार संरक्षण, नवप्रवर्तन, सिर्जनशील प्रविधि विकास, वित्तीय पहुँच र परम्परागत ज्ञान र सीपको आधुनिकीकरण मार्फत युवा उद्यमीलाई स्वदेशमा...

गाउँघरबाट हराउँदै परम्परागत ढुंगे घर

म्याग्दी : ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण कंक्रिटका पक्की घर निर्माण हुने क्रम बढ्दै गएपछि परम्परागत ढुंगे घर पातलिँदै गएका छन्। खरले छाएका घरहरू लोप भएका छन्।डेढ दशकअगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुंगा र खरले छाएर रातोमाटो र कमेरोलो पोतिएका घरहरू बाक्लै देखिन्थे। रैथाने सिप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरहरूले पर्यटकीय जिल्ला म्याग्दीमा पुग्ने जो कोहीलाई आकर्षित गर्थे।तर‚ गाउँसम्म सडक विस्तार भएर यातायातका साधनह

वित्तीय साक्षरता मार्गदर्शन २०७८ ले वित्तीय पहुँच मा पार्ने प्रभाव

वित्तीय साक्षरता अभियानलाई थप व्यवस्थित र नियमित बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले गत माघ ३ गतेदेखि वित्तीय साक्षरता मार्गदर्शन, २०७८ कार्यान्वयनमा ल्याएको छ । इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले सोही मार्गदर्शनबमोजिम वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ । वित्तीय साक्षरताको पूर्वाधार निर्माण गर्ने, अध्ययन सामग्रीको उचित प्रयोग गर्ने, कार्यक्रमको अनुगमन गर्ने, वित्तीय चेतना, ज्ञान र शीपको अभिवृद्धि गर्ने र वित्तीय प्रविधिको प्रयोगलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यहरूलाई मार्गदर्शनले समेटेको छ । यसैगरी सामाजिक सञ्जाल, सञ्चार माध्यम (रेडियो, टेलिभिजन र पत्रपत्रिका), पम्प्लेट, कथा, कविता, सडक नाटकजस्ता विभिन्न पाठ्यसामग्रीका माध्यमबाट रोजगारप्राप्त व्यक्ति, कृषक, उद्यमी, विद्यार्थी, महिला, विप्रेषण प्राप्त गर्ने वर्गलाई समेट्नेखगरी प्रभावकारी रूपमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्ने विषयलाई मार्गदर्शनमा उल्लेख गरिएको छ । वित्तीय साक्षरता अभिवृद्धिका लागि आर्थिक वर्ष २०७०/७१ को मौद्रिक नीतिमा वित्तीय साक्षरतासम्बन्धी जनचेतनामूलक कार्यक्रमहरूलाई श्रव्यदृश्य तथा छापा आदि माध्यमहरूबाट प्रसारण र प्रकाशन गर्ने र ‘विद्यार्थीसँग नेपाल राष्ट्र बैंक’लगायत कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख गरिएको थियो । सोहीअनुरूप राष्ट्र बैंकले टेलिभिजनमार्फत वित्तीय कारोबारसँग सम्बद्ध विभिन्न जानकारीमूलक श्रव्यदृश्य कार्यक्रमहरू प्रसारण गर्ने, वित्तीय चेतनामूलक गीतहरूको सँगालो जारी गर्ने, वित्तीय ज्ञान अभिवृद्धि गर्ने पाठ्यसामग्रीहरूको प्रकाशन गर्नेलगायत वित्तीय साक्षरतासँग सम्बद्ध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्ने उद्देश्यले भौगोलिक अवस्थितिको आधारमा स्थानीय विद्यालयमै गई वित्तीय जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने तथा सर्वसाधारण जनतालाई वित्तीय साक्षरता प्रदान गर्नेगरी विभिन्न कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् । उल्लिखित कार्यक्रमहरू राष्ट्र बैंक आफैले र विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरू, सहकारी आदिमार्फत सञ्चालन हुँदै आएको छ । वित्तीय साक्षरता अभियानलाई राष्ट्र बैंक आफैले सञ्चालन गर्दै आएको र यस अभियानलाई विस्तार गरी मुलुकव्यापी बनाउनका लागि बैंक तथा वित्तीय संस्थाको संलग्नता प्रभावकारी हुने कुरालाई मनन गर्दै इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य रूपमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्र्ने निर्देशन पनि जारी गरेको छ । यसअनुरूप सामाजिक उत्तरदायित्व सम्बन्धी कार्य सञ्चालन गर्नका लागि बैंक तथा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा १ प्रतिशत रकम सामाजिक उत्तरदायित्व कोषमा छुट्ट्याउनुपर्ने र उक्त कोषबाट सञ्चालन गरिने कार्यक्रममध्ये ५ प्रतिशत रकम वित्तीय सेवाप्रतिको पहुँच अभिवृद्धिका लागि वित्तीय साक्षरतासम्बन्धी विविध कार्यक्रम तथा लक्षित तालिमहरूका लागि खर्च गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यस्ता कार्यक्रम सञ्चालन गर्दा वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकले प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत खर्च हुनेगरी गर्नुपर्ने व्यवस्था रहेको छ । विपन्न तथा न्यून आय भएका सर्वसाधारणहरू लघुवित्त वित्तीय संस्थाका लक्षित वर्ग हुन् । यस वर्गको वसोवास विशेषगरी दुर्गम तथा विकासका दृष्टिकोणले ओझेल परेका क्षेत्रमा हुने भएकाले अधिकांश लक्षित वर्गको कमजोर साक्षरता अवस्था, कमजोर आर्थिक अवस्था, यातायात र सञ्चारमाध्यमको न्यून उपलब्धता, विकट भौगोलिक अवस्था, वित्तीय पहुँचको न्यूनतालगायत अवस्था रहेको हुन्छ । ती क्षेत्रमा बसोवास गर्ने विशेषगरी लघुवित्तका लक्षित वर्गमा वित्तीय साक्षरताको स्तर पनि कमजोर रहेको पाइन्छ, जसका कारण उनीहरूलाई लक्ष्यअनुरूप वित्तीय पहुँचले समेट्न सकेको पाइँदैन । त्यसैले लक्षित वर्गलाई लघुवित्तीय सेवाप्रति आकर्षित गराउन उनीहरूलाई वित्तीय दृष्टिकोणबाट साक्षर बनाउनु जरुरी हुन्छ । लघुवित्त क्षेत्रले लक्षित वर्गको पहिचान गरी सदस्य बनाउने क्रममा नै बचत, कर्जा, भुक्तानी तालिका, किस्ता रकम र सोको ब्याज भुक्तानी, खराब कर्जा र वित्तीय जोखिमले निम्त्याउन सक्ने दुर्घटनालगायत विषयमा सदस्यलाई जानकारी दिने प्रबन्ध मिलाउनुपर्ने सैद्धान्तिक व्यवस्था रहेको छ । यसैको आधारमा लक्षित वर्गले लघुवित्त वित्तीय संस्थासँग आबद्ध भई वित्तीय कारोबारको माध्यमबाट आफ्नो आर्थिक/सामाजिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन सक्ने भएकाले लघुवित्तीय सेवाको विस्तार हुन सक्छ । पूँजी अभावमा आर्थिक गतिविधिमा संलग्न हुनबाट वञ्चित भएको लक्षित वर्गलाई लघुवित्तीय सेवामा आबद्ध गराई स्वरोजगारीताको माध्यमबाट आर्थिक गतिविधिलाई चलायमान बनाउन सकिन्छ । यसरी वित्तीय साक्षरताको माध्यमबाट ग्रामीण र पिछडिएको क्षेत्रमा वित्तीय पहुँचको विस्तार गरी गरीबीको मात्रालाई न्यूनीकरण गर्न सहयोग पुग्छ । बैंक तथा वित्तीय संस्थामा आबद्ध गराई सर्वसाधारणलाई वित्तीय कारोबारभित्र समेट्नुलाई वित्तीय पहुँच र पैसा तथा वित्तीय उत्पादनको उचित तवरले व्यवस्थापन गर्नसक्ने क्षमताको विकास गर्नुलाई वित्तीय रूपले साक्षर भएको मानिन्छ । वित्तीय साक्षरताले सर्वसाधारणलाई वित्तीय कारोबार गर्ने प्रक्रिया, विभिन्न वित्तीय उत्पादनको जानकारी र त्यसको उचित उपयोग, प्रविधिमैत्री वित्तीय उपकरण र त्यसको प्रयोग, वित्तीय कारोबारसँग सम्बद्ध जोखिम र त्यसको न्यूनीकरणजस्ता विषयमा जानकारी दिलाउँछ । विगतदेखि नै वित्तीय क्षेत्रमा आबद्ध रहँदै आएका उच्च शिक्षा प्राप्त गरेका उच्च पदस्थ व्यक्ति, व्यवसायीहरू, जागीरे वर्ग पनि वित्तीय रूपले साक्षर नभएका हुन सक्छन् भने समाजको तल्लो तहमा रहेका सर्वसाधारण त वित्तीय साक्षरताका दृष्टिकोणले कमजोर हुनुलाई स्वाभाविक रूपमा लिन सकिन्छ । त्यसैले समाजमा रहेका सबै तह र तप्काका मानिसलाई वित्तीय शिक्षाको आवश्यकता पर्ने भएकाले उमेर, वर्ग, शिक्षाको स्तर, कार्य र बसोवास गर्ने क्षेत्र, आर्थिक अवस्था आदिको आधारमा वित्तीय साक्षरताका लागि उपयुक्त कार्यक्रम छनोट गरी सञ्चालन गर्नुपर्ने देखिन्छ । वित्तीय पहुँच र वित्तीय साक्षरता एकअर्काका पुरक हुन् । वित्तीय साक्षरताविना वित्तीय पहुँचको उपलब्धताले मात्र गुणस्तरीय वित्तीय सेवा सञ्चालन हुन सक्दैन । सेवाग्राहीलाई गुणस्तरीय वित्तीय सेवा प्रवाह गर्न र सर्वसाधारणलाई वित्तीय सेवाप्रति आकर्षित गर्नका लागि वित्तीय साक्षरता र वित्तीय पहुँचको उत्तिकै महŒव रहेको हुन्छ । त्यसैले विगतदेखि राष्ट्र बैंकबाट सञ्चालन गरिँदै आएका वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमको समीक्षा गर्र्दै जारी भएका निर्देशन र मार्गदर्शनको अनुपालन गरी अघि बढेमा वित्तीय साक्षरताले आशातीत गति लिने र गुणस्तरीय वित्तीय सेवाको पहुँच विस्तार हुने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

स्थानीय निकायमार्फत बालीको सामूहिक बिमा

सरकारले प्रत्येक स्थानीय निकायमार्फत सामूहिक रुपमा कृषि बालीमा बिमा गर्ने तयारी गरेको छ ।कृषि बालीमा बिमा गर्नका लागि सबै किसानको पहुँच नहुने र गाउँ गाउँमा बिमा कम्पनीले व्यक्तिगत रुपमा बिमा नगर्ने भएपछि सरकारले सामूहिक रुपमा कृषिबाली गर्न लागेको हो ।सरकारले कृषि तथा पशुजन्य व्यवसायमा किसानलाई आकर्षित गर्न बिमा रकममा ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको […]

लोपोन्मुख सुरेल समुदाय कृषि पेसामा आकर्षित

लोपोन्मुख सुरेल समुदाय कृषि पेसामा आकर्षित हुन थालेका छन् । बाँस तथा चोयाका विभिन्न सामग्री बुन्ने परम्परागत पेसा भएका उहाँहरूको घर आगनमै सडकको पहुँच विस्तार भएपछि कृषि पेसामा आकर्षित भएका हुन् ।