सिन्धुपाल्चोकमा २१ वटा आइसोलेसन शैया

कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको आशंकामा उपचार गर्नको लागि सिन्धुपाल्चोकमा २१ शैयाको आइसोलेसन वार्ड निमार्ण गरिएका छन् ।

सम्बन्धित सामग्री

हरिसिद्धिमा बन्यो सुविधासम्पन्न आइसोलेसन केन्द्र

वर्षा महर्जन । कोरोना संक्रमण बढ्दै गएपछि ललितपुरका स्थानीय तहले आ–आफ्नो क्षेत्रका जनतालाई लक्षित गर्दै आइसोलेसन निर्माणलाई तिव्रता दिएका छन् । ललितपुरको हरिसिद्धिका वडा २८ र २९ मा आइसोलेसन निर्माण गरिएको छ । अस्पतालमा कोरोनाका जटिल संक्रमितहरुले समेत शैया नपाइरहेका बेला सामान्य लक्षण देखिएका संक्रमितलाई आफ्नो ठाँउमा राखेर राम्रो उपचार...

इटहरी उपमहानगरले सुरु गर्‍याे ५० बेडको सुविधासम्पन आइसोलेसन

विराटनगर । सुनसरीको इटहरी उपमहानगरले अक्सिजनसहितको व्यवस्था भएको ५० शैयाको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले ३० शैया पुरुषका लागि र २० शैया महिलाका लागि आइसोलेसन सञ्चालनमा ल्याएको बताए । महिला र पुरुषका लागि छुट्टाछुट्टै ब्लक छुट्याइएको छ । बुधबार साँझदेखि कोरोना संक्रमितलाई राखेर आइसोलेसन सञ्चालनमा ल्याइएको...

कोरोना प्रतिकार्यमा जुट्दै कर्णालीका स्थानीय सरकार

कर्णाली प्रदेशको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिकाभित्रै ती सय शैयाको प्रदेश अस्पताल छ, तर पनि कोरोना भाइरसका संक्रमित नगरवासीले उपचारबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले २५ शैयाको कोभिड आइसोलेसन अस्पताल सञ्चालन गरेको छ । हाल २५ शैयाबाट सुरु गरिएको आइसोलेसनमा संक्रमित बढ्दै गएमा ५० शैया बनाउने लक्ष्य नगरपालिकाको छ । साथै अस्पताल भर्ना भएका संक्रमितलाई नगरपालिकाले […]

वीरगञ्ज महानगरपालिकाले सञ्चालनमा ल्यायो २३० बेडको कोभिड अस्पताल

वीरगञ्ज महानगरपालिकाले २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गई सङ्क्रमितहरुको उपचारको लागि अस्पतालमा शैया अभाव हुन थालेपछि वीरगञ्ज १० घडीअर्वामा रहेको गोपाल मण्डली अतिथि सदनमा महानगरपालिकाले शुक्रबारदेखि २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।

पत्रकार महासंघ दाङ शाखाको भवनमा फ्रन्टलाइनरहरूका लागि आइसोलेसन स्थापना गरिने

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको भवनमा कोरोना संक्रमित पत्रकार र फ्रन्टलाइनरहरूका लागि आइसोलेसन स्थापना गरिने भएको छ । भर्चअल माध्यमबाट महासंघको सोमबार बसेको बैठकले पत्रकारका लागि तत्काल अक्सिजनसहितका ५ शैया तयार गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा बसेको बैठकले दिनहुँ कोरोना संक्रमितहरूको संख्या बढ्दै जाँदा...

रौतहटमा १६५ शैयाको आइसोलेसन सञ्चालनको तयारी

रौतहट । कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटमा १६५ शैया क्षमताको ३ आइसोलेसन केन्द्र सञ्चालनको तयारी थालिएको छ ।  जिल्लामा संक्रमितको संख्या एक सय नाघेको र संक्रमित सबैजना होम आइसोलेसनमै बसेकाले तत्काल व्यवस्थित आइसोलेसनको तयारी थालिएको हो ।आइतवार सम्म तीनवटै आइसोलेसन सेन्टर सञ्चालनमा आउने रौतहटका सिडिओ इन्द्रदेव यादवले जानकारी दिएका छन् ।  चन्द्रनिगाहपुरमा ४० बेड, थरहरीमा १ सय बेड र गौरमा २५ बेड गरी ३ ओटा संस्थागत आइसोलेसन सेन्टर सञ्चालनमा आउने सिडिओ यादवले बताए ।

ताप्लेजुङको फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने

लक्षण बेगरका कोरोना संक्रमित र शंकास्पदलाई राख्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा ५० शैया क्षमताको आइसोलेसन कक्ष बनाइने भएको छ।

बेनीमा २० बेड क्षमताको आइसोलेसन कक्ष निर्माण

म्याग्दी : देशमा कोरोना संक्रमित बढ्दै जान थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राखेर म्याग्दीमा २० शैया क्षमताको आइसोलेसन कक्ष निर्माण गरिएको छ। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम र अलग्गै उपचारका लागि म्याग्दी सदरमुकाम बेनीको खुल्लामञ्चस्थित शैक्षिक तालिम केन्द्रमा १५ बेड क्षमताका आइसोलेसन कक्ष निर्माण भइसकेको छ भने थप ५...

लमजुङका प्रायः अस्पतालमा आइसोलेसन कक्ष

कोरोना भाइरसको संक्रमण जोखिम बढेसँगै लमजुङका प्रायः अस्पतालमा आइसोलेसन कक्ष स्थापना भएका छन् । भाइरस संक्रमणको जोखिमसँगै पूर्व तयारी स्वरुप आइसोलेसेन कक्ष स्थापना गरेका हुन् । लमजुङ सदरमुकाम बेसीशहरस्थित जिल्ला सामूदायिक अस्पताल, बेसीशहरकै लमजुङ मोडल हस्पिटल र सुन्दरवजारस्थित नमूना सामुदायिक अस्पताल लगायतका स्वास्थ्य संस्थामा आइसोलेसन कक्ष राखिएको हो । ती अस्पतालहरुले विरामीहरुको सम्पर्क नहुने अलग्गै कोठाहरुमा शैया राखी तयारी गरेको जनाएका छन् ।