वीरगञ्ज महानगरपालिकाले २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
वीरगञ्जमा कोरोना संक्रमितको संख्या बढ्दै गई सङ्क्रमितहरुको उपचारको लागि अस्पतालमा शैया अभाव हुन थालेपछि वीरगञ्ज १० घडीअर्वामा रहेको गोपाल मण्डली अतिथि सदनमा महानगरपालिकाले शुक्रबारदेखि २३० शैयाको कोभिड अस्थायी अस्पताल तथा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो ।