काठमाण्डाै – गृहमन्त्री बालकृष्ण खाणले नेपाली परम्परागत तथा माैलिक गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको छ ।
आज बुधवार गृह मन्त्रालयमा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासङ्घ तथा सुनचाँदी व्यापारी प्रतिनिधिसँग छलफल गर्दै गृहमन्त्री खाणले नेपालको परम्परागत तथा मौलिक गहनाहरूलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने बताउनुभएको हो । नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा सुन आयात गर्नु परेको भए पनि आयात गरिएको सुनबाट नेपालको मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँले...