पोलिसी सेटिङका बारेमा कसैले प्रशिक्षण लिनु छ भने त्यो एमालेसँग लिनुपर्छ । एमाले पार्टी र त्यसका अध्यक्ष सेटिङको मामिलामा कति निपुण छन् भन्ने कुरा योगेश भट्टराई र घनश्याम भुसाललाई सोधे हुन्छ । विगत कालमा ‘एमालेका ५१ बुँदे अपराध’ शीर्षकको एउटा पुस्तकमा एमालेले गरेका ‘सेटिङ स्क्याण्डल’को लामो फेहरिस्त छ ।सेटिङसँगको एमाले कनेक्सन दुनियाँका सामु छर्लङ्ग छ । ७० करोड बार्गेनिङका अडियो टेपहरू अख्तियारमा छन् । बालुवाटार जस्ता स्क्याण्डलहरु अदालतमा छन् । सयौं रोपनी जग्गाका फाइलहरू