१५ मंसिर, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाएका छन् । पोखरेलले सामाजिक सञ्जालमार्फत यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’ […]