नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल सत्ता गठबन्धनमाथि खनिएका छन् । उनले स्वार्थ र डरलाग्दो षडयन्त्रको जगमा गठबन्धन खडा गरिएको भन्दै सो गठबन्धन आफ्नै पापको भारीले किचिँदै गरेको आरोप लगाएका हुन् । सामाजिक सञ्जालमार्फत उनले गठबन्धन चुनाव सार्ने बहानामा रहेको आरोप लगाएका छन् । विभिन्न बहानामा निर्वाचन सके टार्ने–नभए सार्ने अन्तिम आपराधिक योजनामा गठबन्धन आफूले खडा गरेका ‘सम्पूर्ण सेटिङ’ परिचालित गर्ने कोसिसमा रहेको उनको आरोप छ । सामाजिक सञ्जालमा उनले भनेका छन्, &ls