प्रतिनिधि सभा सदस्य बिनाकुमारी श्रेष्ठले पछिल्लो समय डेंगु देशभर फैलिएको भन्दै डेंगु रोग नियन्त्रणको लागि सरकारले तत्काल पहल गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो माग गरेकी हुन् ।उनले जनवरी महिना यता २ हजार २७ जनालाई डेंगु रोग लागेको बताइन् । सांसद श्रेष्ठले अहिलेसम्म देशका ७२ जिल्लामा फैलिएको बताइन् । उनले ललितपुरका डेंगुको बिरामी अत्यधिक रहेको र काठमाडौं धादिङमासमेत फैलिन थालेको बताइन् । त्यस्तै प्रतिनिधि सभा सदस्य विन्दा पाण्डेले त्रिभु