काठमाडौँ । सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख पदको उम्मेदवारको भागबन्डा सोमबारसम्म टुङ्गो लगाउने भएको छ। आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले भोलिसम्म महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउने निर्णय गरेको माओवादी केन्द्रका एक नेताले बताएका छन् । यसअघि गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा केन्द्रबाटै गर्ने सहमति गरिसकेको छ ।