काठमाण्डाै – सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा भोलि साेमवारसम्म गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार बसेको सत्ता गठबन्धन बैठकमा कुन महानगर र उपमहानगर कुन पार्टीले लिने भन्नेबारे टुङ्गो भोलिसम्म लगाउने सहमति भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरूले आज बिहान छलफल गरेका थिए ।
पहिले कुन पार्टीले कहाँ उम्मेदवारी दिने भन्ने तय गरिने र त्यसपछि सम्बन्धित पार्टी...