नेकपा (क्रान्तिकारी माओवादी)ले अमेरिकी दूतावास अगाडि विरोध प्रदर्शनका क्रममा आफ्ना कार्यकर्तामाथि प्रहरीद्वारा हस्तक्षेप गरिएको भन्दै आपत्ति जनाएको छ । विरोध प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गरेको र आफ्ना कार्यकर्तालाई गिरफ्तार गरिएको सो पार्टीले जनाएको छ ।शुक्रबार नेकपा (क्रान्तिकारी माओवादी) को आयोजनामा दक्षिण तथा मध्य एसियाको मामला हेर्ने अमेरिकी राज्य सहायक मन्त्री डोनाल्ड लुको नेपाल भ्रमणको विरोध र एमसीसी परियोजना खारेजीको मागसहित अमेरिकी दूतावास अगाडि आयोजित प्रदर्शनमाथि सरकारले प्रहरी