नेकपा (क्रान्तिकारी माओवादी)ले मङ्सिर ४ गते हुन गइरहेको संघ र प्रदेशको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । महासचिव मोहन वैद्य ‘किरण’ को अध्यक्षतामा केन्द्रीय समितिको विशेष बैठकले निर्वाचनलाई सक्रिय रूपमा बहिष्कारको नीति अवलम्बन गर्ने निर्णय गरेको पार्टीले जानकारी दिएको हो । यस नीति तथा निर्णयको दृढ कार्यान्वयनका लागि पार्टीले विभिन्न कार्यक्रमहरूको आयोजनासमेत गर्ने भएको छ । संघ तथा प्रदेश दुवै तहको संसदीय निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधली रहित उदारवादी हिसाबले सम्प