नेपालस्थित एमसीसीको कार्यालय घेराउ

काठमाडौँ– नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले एमसीसीको नेपालस्थित कार्यालय (एमसीए) घेराउ गरेका छन्। सोमबार एमसीए, नेपालको कार्यालय दरबारमार्गमा नेत्र विक्रमचन्द नेतृत्वको नेकपा र नेकपा (क्रान्तिकारी माओवादी)सहितका विभिन्न राजनीतिक दलहरुले कार्यालय घेराउ गरेका हुन्। घेराउपछि आयोजित कोणसभामा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसी भनेको जनताको […]

सम्बन्धित सामग्री

एमसीसी कार्यालय घेराउ गर्दै नेकपा ‘विप्लव’ (तस्बिरहरू)

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले अमेरिकी सहयोग परियोजना एमसीसीको नेपालस्थित कार्यालयमा घेराउ गर्दैछ। आज सोमबार काठमाडौँको शान्ति बाटिका र कमलादीमा भेला भई होटल याक एण्ड यतिमा रहेको एमसीसीको कार्यालय दरबारमार्गमा जाने कार्यक्रम रहेको छ। घेराउ कार्यक्रममा सहभागीले ‘नो एमसीसी’, ‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ’, ‘ गो ब्याक एमसीसी’ जस्ता पम्प्लेट बोकेका छन्।

विप्लव नेतृत्वको नेकपाले गर्यो एमसीसीको कार्यालय घेराउ (तस्बिरमा हेर्नुस्)

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को नेपालस्थित एमसीए नेपालको कार्यालय घेराउ गरेको छ । सोमबार नेकपाका नेता कार्यकर्ताहरु र्‍यालीसहित दरबारमार्गस्थित एमसीए नेपालको कार्यालय पुगेर घेराउ गरेका हुन् ।नेकपासहित साना कम्युनिस्ट पार्टीहरुले विगतदेखि नै एमसीसी राष्ट्रघाती भएको भन्दै खारेजीको माग गर्दै आएका छन् । सरकारले एमसीसीको व्याख्यात्मक घोषणासहित सदनबाट पारित गरिसकेको छ ।

दाङमा एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन घेराउ

१५ फागुन, दाङ। विप्लव नेतृत्वको नेकपासहित अन्य ५ राजनीतिक दलका कार्यकर्ताले अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । आइतबार संसद‍्मा छलफल हुन लागेको अमेरिकी सहयोग परियोजना एमसीसीको सम्झौता खारेजको माग गर्दै जिल्ला प्रशासन घेराउ गरेका हुन् । प्रदर्शनकारीले कार्यालयभित्र प्रवेश गर्न खोजेका थिए । बाहिर तैनाथ प्रहरीले प्रदर्शनकारीलाई गेटमै […]

एमसीसीको विरोध उदयपुरमा प्रदर्शन, जिल्ला प्रशासन कार्यालय घेराउ

उदयपुर– एमसीसीको विरोधमा ६ राजनीतिक दल र दुई मोर्चाले उदयपुर प्रशासन कार्यालय घेराउ गरेका छन् । एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नुपर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला […]

एमसीसीको विरोधमा उदयपुर प्रशासन कार्यालय घेराउ

अमेरिकन सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरुद्धमा ६ राजनीतिक दल र दुई मोर्चाले जिल्ला प्रशासन कार्यालय उदयपुर घेराउ गरेका छन् ।  एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्काल खारेज गर्नु पर्ने माग राख्दै सम्झौताको विरोधमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेकपा माले, नेकपा क्रान्तिकारी माओवादी, देशभक्त गणतान्त्रिक मोर्चा नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, माओवादी मजदुर पार्टीले विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालय उदयपु

एमसीसीको विरोधमा कर्णालीमा प्रशासन कार्यालयहरू घेराउ

कर्णाली प्रदेश– प्रतिनिधिसभामा एमसीसी सम्झौता पेश भएसँगै कर्णाली प्रदेशमा विभिन्न दलहरू विरोधमा उत्रिएका छन् । विप्लव नेतृत्वको नेकपासहित दलहरूले आइतबार कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रशासन कार्यालयहरू घेराउ गरेका हुन् । विप्लवका साथै राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारीलगायतका दलले जिल्ला कार्यालय घेराउ गर्दै प्रदर्शन गरेका छन् । सम्झौता संसदमा […]

६ पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने

काठमाडौं । ६ कम्युनिष्ट पार्टी र २ मोर्चाले आज एमसीसीको विरुद्धमा प्रदर्शन गर्ने भएको छ । एमसीसी जस्तो सुकै अवस्थामा पनि खारेज हुनुपर्ने बताउदै उनीहरुले आज आइतबार संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका हुन् । ६ कम्युनिष्ट पार्टी नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहित २ मोर्चाले नेपालमा अहिले एमसीसीविरुद्धको […]

विप्लव, वैद्य लगायतका ६ पार्टीले घेरे एमसीसीको नेपालस्थित कार्यालय

विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी सहित ६ राजनीतिक दलले एमसीसीको विरोधमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन् । ६ राजनीतिक दल र २ मोर्चाका तर्फबाट एमसीए नेपालको कार्यालय रहेको याक एन्ड यति होटल घेराउ गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)ले जनाएका छन् । '​MCC सम्झौताको खारेजीका निम्ति ६ राजनीतिक पार्टी र २ मोर्चाहरूद्वारा काठमाडौंमा MCA कार्यालय रहेको Yak and Yeti Hotel घेराउ,' प्रकाण्डले केही तस्वीरसहित फेसबूकमा लेखेका छन् ।

एमसीसीको विरोध गर्दै दरबारमार्गमा घेराउ

काठमाडौं : अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी तथा दुई क्रान्तिकारी मोर्चाले संयुक्त रुपमा एमसीए नेपालको कार्यालय घेराउ गरेका छन्।  दरवारमार्गस्थित होटल याक एण्ड यतीमा रहेको कार्यालयमा उनीहरुले घेराउ गरेका हुन्। घेराउ गर्न आएको प्रदर्शनकारीहरुलाई प्रहरीले होटलको गेट बाहिर रोकेको छ।  मोहन वैद्य 'किरण' नेतृत्वको…