भन्सार छलेर भित्र्याइएका विभिन्न सामानहरू सशस्त्र प्रहरी बल नेपाल नम्बर–३० गण हेडक्वार्टर बाँकेले बरामद गरेको छ । बिहीबार सशस्त्र प्रहरीको टोलीले झन्डै ३२ लाख रुपैयाँबराबरको सामान बरामद गरेको सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीले जानकारी दिए ।