दश देशमा नेपाली चियाको बजार खोजिँदै

विदेशी मुद्रा आर्जनमा देशको अर्थतन्त्रका लागि एक हिस्सा बन्दैगएको नेपाली चियाका लागि थप विदेशी बजारको खोजी थालिएको छ । विगतदेखि नै केही मात्रामा नेपाली चिया जाने गरेको जर्मनी, रुस, जापान, युएइ, चीन, डेनमार्क, नर्वे, क्यानडा, स्वीजरल्याण्ड, नेदरल्याण्ड, अमेरिका लगायतका देशमा थप सम्भावित बजारको खोजी थालिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।

सम्बन्धित सामग्री

प्रयोगशाला नहुँदाको मारमा चिया उद्योग

नेपालमा उत्पादित चिया गुणस्तरीय हुँदाहुँदै पनि आफ्नै मुलुकमा अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला नहुँदा चिया निर्यातमा व्यवसायीले समस्या भोगिरहेका छन् । नेपालको चिया निर्यात हुने प्रमुख मुलुक भारत हो तर चिया गुणस्तर प्रमाणित नभएको चिया आयात गर्न भारतले अनुमति दिँदैन । तर, स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकातामा परीक्षण गर्न जानुपर्ने बाध्यता छ । त्यसैले नेपालले अन्तरराष्ट्रिय मान्यताप्राप्त प्रयोगशाला स्थापना गर्नु आवश्यक छ । कोलकाताबाट परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुन पाउँछ । नेपालबाट निर्यात हुने वस्तुमध्ये एक मानिने चियाको निर्यातबाट वार्षिक ३ अर्बभन्दा बढी रकम भित्रिने गरेको छ । यस्तो महत्त्वपूर्ण निर्यातलाई सहज बनाउन प्रयोगशाला स्थापनार्थ चासो नदिनु भनेको चिया उद्योगलाई बेवास्ता गर्नु हो । कोलकातासम्म पुगेर परीक्षण गराउँदा व्यवसायीको समय र लागत बढ्ने गरेको छ । अर्को कुरा, नेपाली चिया निर्यातको बजार भारत नै हो र भारत आफै चियाको ठूलो निर्यातकर्ता पनि हो । त्यसैले भारतले आफ्नो देशमा चिया बढी उत्पादन भए नेपाली चियालाई विभिन्न बहानामा अवरोध पुर्‍याउने गरेको छ, जसले गर्दा नेपाली चियाले उचित मूल्य पाउँदैन । यस्तो गैरभन्सार अवरोध हुँदा चियाले उचित मूल्य नपाउन सक्छ । गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य लिनुपर्ने बाध्यता छ । त्यसैले नेपालको चियाको मूल्य भारतीय व्यवसायीले निर्धारण गर्छन् भन्दा पनि फरक पर्दैन । मुलुकमै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने देखिन्छ । नेपालमा वार्षिक २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको बताइन्छ । कुल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको छ भने बाँकी भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । त्यसैले निर्यात सहजीकरण गर्न र उचित मूल्य पाउने अवस्था बनाउन सरकारले भूमिका निर्वाह गर्नुपर्छ । गुणस्तर प्रमाणीकरण गर्न नसके नेपालले यूरोपको बजारसमेत गुमाउन सक्छ । अतः प्रयोगशाला स्थापना गर्न ढिला गर्नु हुँदैन ।

नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या

झापा । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौं काँकरभिट्टा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । मुलुकमै चिया निर्यातबाट वार्षिक ३ अर्बभन्दा बढी रकम भित्रिरहँदा पनि सरकारले स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । ‘चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,’ उनले भने, ‘भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पुर्‍याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।’ नेपाली चिया उत्पादकहरूले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त प्रयोगशाला खोल्न सरकारसँग पटक पटक माग गरेका छन् । मुलुकभित्र चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गरे । भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेअनुसार वर्षौंदेखि एउटै मूल्यमा नेपाली चिया विक्री गर्न बाध्य भएको उनको भनाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड प्रयोगशालामा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए । नेपालको कुल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको उनको भनाइ छ । मुलुकमै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने उनले बताए । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बताएको छ । हाल वार्षिक २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कुल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट वर्षेनि ३ अर्ब ८० करोड रुपैयाँ आर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस

चिया खेतीलाई सरकारले उपेक्षा गरेको आरोप

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् ।सांसद खनालले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । उनले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले राज्यले ध्यान नदिँदा […]

चियाको विकास र विस्तारमा सरकारले ध्यान नदिएको भन्दै झलनाथले दिए यस्ता सुझाव

नेकपा (एकीकृत समाजवादी) सांसद तथा पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनालले सरकारले चियाको विकास र विस्तारमा बेवास्ता गरेको आरोप लगाएका छन ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता खनालले देशमा चियाको उत्पादन बढिरहे पनि यसको नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको भन्दै सरकारसँग गुनासो पनि गरे । उनले चियाको बारेमा सरकारलाई गम्भीर भएर सोच्न आग्रह गर्दै राज्यले ध्यान नदिँदा चिया उत्पादकहरुले थुप्रै समस्या खेप्नुपरेको बताए । तत्काल चियाका अक्सन सेन्टर खोल्न सरकारलाई स

सरकारले चियालाई बेवास्ता गर्‍योः खनाल

उनले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे। सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए।...

सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लाग्यो : खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए । आज (बिहीबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले चिया उत्पादनको विषयलाई बेवास्ता गरेको भन्दै सरकार कमिसनखोरी अर्थतन्त्र विकासमा लागेको बताएका हुन् । उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न […]

झलनाथ खनालको गुनासोः सरकारले चियालाई बेवास्ता गर्यो

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले चियालाई बेवास्ता गरेको आरोप लगाएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताएका हुन्। उनले देशमा चियाको उत्पादन बढिरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे। सांसद खनालले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई […]

सरकारले चियामा बेवास्ता गर्‍यो : झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खनालले यस्तो बताउनुभएको हो । उहाँले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गर्नुभयो । सांसद खनालले चियाको बारेमा सरकारले ध्यान […]

फूटपाथदेखि पाँचतारे होटलसम्म प्रसिद्ध मसला चिया

विश्वभर चियाका पारखीहरू प्रशस्त छन्, त्यसमा पनि दक्षिण एसियामा विशेष मानिन्छ । भारतबाट शुरू भएको मसला चिया अहिले संसारभर लोकप्रिय भएको छ । त्यसमा पनि जाडोको मौसममा यसको माग बढ्ने गर्छ ।मरुभूमिको देशमा यात्रीले पानी–पानी भने पनि नेपाल र भारतमा भने चिया–चिया भन्ने गरिन्छ । चियाको इतिहास दक्षिणी चिनबाट शुरु भएता...