चियाको ‘रेसिपी’बारे अमेरिका र बेलायतका जनताबीच विवाद, विवाद सुल्झाउन अमेरिकी दूतावासले जारी गर्‍यो विज्ञप्ति !

बेलायत । चियाको ‘परफेक्ट रेसिपी’ के हो ? यसको सटिक जवाफ दिन गाह्रो छ । किनकि ठाउँअनुसार चियाको ‘रेसिपी’ फरक छ ।  यही ‘रेसिपी’बारे हालै अमेरिका र बेलायतका जनताबीच विवाद भएको छ । एक अमेरिकी प्रोफेसरले चिया बनाउँदा नुन थप्न सल्लाह दिएपछि दुवै देशका जनताबीच विवाद बढेको हो ।  अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार पेन्सिलभेनियाको एक निजी संस्थानमा रसायनशास्त्रका प्राध्यापक मिशेल फ्रान्केलले चियामा नुन थप्न सुझाव दिएका थिए । उनले चियामा नुन मिसाउँदा यसको तीतोपन कम हुने बताएका थिए ।  उनको सुझावमा बेलायतका जनताले फरक मत राखेपछि यसबारे सामाजिक सञ्जालमा विवाद देखियो । पछि विवाद समाधानका लागि बेलायतस्थित अमेरिकी दूतावासले यस विषयमा विज्ञप्ति नै जारी गर्नुपर्‍यो ।  अमेरिकी दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मा वक्तव्य जारी गर्दै चियामा नुन राख्नु अमेरिकाको आधिकारिक नीति नभएको जनाएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘अमेरिकी दूतावासले सही तरिकाले माइक्रोवेभमा चिया बनाउने काम जारी राख्नेछ ।’  त्यसो त यी दुवै देशबीच यसअघि पनि चिया बनाउने विषयमा बहस हुँदै आएको थियो ।  नेपाल, भारतलगायत देशमा चिया निकै रुचाइन्छ । बेलायत र अमेरिकामा पनि यो पेय पदार्थ प्रचलित छ । चिया बेलायतको राष्ट्रिय पेय मानिन्छ । एक अध्ययनअनुसार बेलायतमा हरेक दिन करीब १० करोड कप चिया पिइन्छ ।  त्यसो त यो पेय पदार्थ ठाउँअनुसार फरकफरक तरिकाले पकाइन्छ । बेलायत र अमेरिकामा पनि चिया बनाउने तरिका फरक छ । बेलायतका जनताले चिया बनाउन कित्ली प्रयोग गर्छन् भने अमेरिकीले माइक्रोवेभमा चिया बनाउन रुचाउँछन् । एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

चीन र भुटानबीच सीमा विवाद समाधान गर्न सहमति

बेइजिङ। चीन र भुटानबीच सीमा विवाद समाधान गर्न छलफललाई तिव्ररुपमा अघि बढाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। सीमा विवाद तीन चरणमा समाधान गर्ने रोडम्याप तयार गरिएको जनाइएको छ। चीन र भुटानबीचको सीमा विवाद समाधान गर्न विशेषज्ञ टोलीको बैठक जनवरी १० देखि १३ सम्म चीनको कुनमिङ सहरमा भएको थियो। बैठकपछि संयुक्त विज्ञप्ति जारी गरेर सहमति बाहिर ल्याइएको हो।(बीबीसी)

विवाद छिट्टै समाधान गर्ने सत्ता गठबन्धनका शीर्ष नेताहरुको प्रतिबद्धता

११ कात्तिक, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूले केही स्थानमा देखिएको विवाद छिट्टै समाधान गर्ने बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै केही स्थानमा विवाद रहेको र त्यसलाई छलफलमार्फत निष्कर्षमा पुर्‍याउने बताएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘केही स्थानमा भने मित्रवत प्रतिस्पर्धा गर्ने […]

विवाद भएपछि धर्मगुरुलाई फिर्ता गरियो ‘नेपहपको श्रीपेच’ (विज्ञप्ति सहित)

काठमाडौं । र्‍याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’लाई लिएर विवाद बढेपछि निर्णायक बालेन साह र विजेता भाइबर साइमनले बौद्ध धर्मगुरुलाई मुकुट फिर्ता गरेका छन् । शनिबार सम्पन्न शोको फाइनलमा काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका साहले विजेता साइमनलाई पन्चबुद्धको आकृतिसहितको मुकुट पहिर्‍याइ दिएका थिए । नेपालमा पहिलो पटक आयोजित ‘नेपहपको श्रीपेच’ को उपाधि भाइबर साइमनले जितेका […]

नेकपा एमाले धनुषामा विवाद : अध्यक्षले स्थगित गरेको बैठक सचिवको नेतृत्वमा बस्दै

जनकपुरधाम : नेकपा एमाले धनुषामा विवाद बढेको छ। सोमवार हुने भनिएको जिल्ला बैठकलाई लिएर दुई छुट्टाछुट्टै विज्ञप्ति जारी हुँदा विवाद सतहमा आएको हो। एमाले धनुषाका अध्यक्ष राजकिशोर यादवले पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमवार बस्ने तय गरे पनि अन्तिम समयमा आएर स्थगित गरे। तर, सचिव तेज नारायण यादवले बैठक…

धनुषा एमालेमा आजको बैठकबारे अध्यक्ष र सचिवबीच विवाद

नेकपा एमाले धनुषाको विवाद सतहमा आएको छ । जिल्ला अध्यक्ष र सचिवले भिन्न भिन्नै विज्ञप्ति जारी गरेपछि एमाले धनुषाभित्रको विवाद सतहमा आएको हो । पूर्वनिर्धारित जिल्ला अधिवेशनका लागि तयारी बैठक सोमबार बस्ने भनिए पनि अन्तिम समयमा अध्यक्ष राजकिशोर यादवले स्थगित गरे । त्यसपछि सचिव तेज नारायण यादवले भने बैठक स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरे ।अध्यक्ष यादवले धनुषामा केही पालिका र वडामा  बाँकी रहेको अधिवेशन सम्पन्न गर्नका लागि बैठक स्थगित गरिएको बताएका छन् । तर जिल्ला सचिव यादवले भने बैठक स्थगितबा

नेपालसँग कुनै सीमा विवाद छैन: चीन

चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल र चीनबीच सीमालाई लिएर कुनै विवाद छैन ।’ विज्ञप्तिमा चीनले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित रहेर सीमाका मुद्दालगायत दुई म...

नेपालसँग कुनै सीमा विवाद छैन: चीन

काठमाडौं । चीनले नेपालसँगको सीमालाई लिएर नेपाल र चीनबीच कुनै विवाद नरहेको स्पष्ट पारेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ताले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारले भनेजस्तो सीमा अतिक्रमण नभएको स्पष्ट पारेका हुन् । ‘सन् १९६० को दशकको सुरुमा दुई देशबीच भएको मैत्रीपूर्ण सम्झौताकै बेलादेखि सीमा विवाद समाधान भइसकेको छ’ विज्ञप्तिमा उल्लेख छ, ‘त्यसबेलादेखि नेपाल […] The post नेपालसँग कुनै सीमा विवाद छैन: चीन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.