नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा समस्या

झापा । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बंगालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौं काँकरभिट्टा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले बताए । मुलुकमै चिया निर्यातबाट वार्षिक ३ अर्बभन्दा बढी रकम भित्रिरहँदा पनि सरकारले स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गरे । ‘चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,’ उनले भने, ‘भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पुर्‍याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।’ नेपाली चिया उत्पादकहरूले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त प्रयोगशाला खोल्न सरकारसँग पटक पटक माग गरेका छन् । मुलुकभित्र चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गरे । भारतसँग समन्वय गर्ने निकायको अभावमा भारतीय व्यापारीले तोकेअनुसार वर्षौंदेखि एउटै मूल्यमा नेपाली चिया विक्री गर्न बाध्य भएको उनको भनाइ छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड बिर्तामोडका प्रमुख इन्द्रप्रसाद अधिकारीले निर्यात हुने नेपाली चियाले भारतको कोलकातास्थित सेन्टर फुड प्रयोगशालामा गुणस्तर परीक्षण गराएर मात्र निर्यातको अनुमति पाउँदै आएको बताए । नेपालको कुल चिया उत्पादनको ९९ प्रतिशत प्रदेश नं १ मै उत्पादन हुने हुँदा चिया परीक्षणको प्रयोगशाला स्थापना गर्ने तयारी भइरहेको उनको भनाइ छ । मुलुकमै गुणस्तर परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आए चिया उत्पादन पनि बढ्ने र विदेशी बजारमा नेपाली चियाले उचित मूल्यसमेत पाउने उनले बताए । नेपालमा २७ हजार ५०० हेक्टर क्षेत्रफलमा चियाखेती हुने गरेको छ । त्यसमध्ये १० हजार ५०० हेक्टर चियाखेती झापामै हुने गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बताएको छ । हाल वार्षिक २ करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । कुल उत्पादित चियाको ५० प्रतिशत आन्तरिक खपत हुने गरेको र बाँकी सबै भारत तथा तेस्रो मुलुकमा निर्यात हुँदै आएको छ । बोर्डका अनुसार चिया निर्यातबाट वर्षेनि ३ अर्ब ८० करोड रुपैयाँ आर्जन हुने गरेको छ । चिया क्षेत्रमा ७० हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस

सम्बन्धित सामग्री

३७ भन्दा बढी मुलुकका पारखीको धीत मार्दै नेपाली चिया

चियाको गुणस्तर मूल्यांकनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको चियाले ग्रान्ड गोल्ड मेडल प्राप्त गरेपछि माग झन् बढ्न थालेको छ।...

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ।

‘नेपाली चियाको गुणस्तर जाँच गर्न भारत धाउनुपर्छ ’

काठमाडौँ,२६ माघ । नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ । उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्तौँ काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् […]

किसान र उद्योगकै तालमेल नमिल्दा सुध्रिएन चियाको गुणस्तर

चिया किसान र उद्योगीबीच तालमेल मिल्न नसक्दा चियाको गुणस्तर वृद्धि हुन सकिरहेको छैन । किसानहरूले हुर्किएको चियासमेत उद्योगमा लैजाने र उद्योगले पनि मूल्य घटाएर नै भए पनि सो चिया खरिद गर्दा नेपालमा चियाको गुणस्तर वृद्धि हुन नसकिरहेको हो ।खास चिया टिप्नका लागि हरियो दुई पात एक सुइरोलाई गुणस्तरीय चिया मानिन्छ । तर, कहिले किसानहरूले लामो […]

चियाको गुणस्तर मापन यन्त्र स्थापना गर्न माग

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।” उनले भने ।      प्रतिनिधिसभाको आज...

चियाको गुणस्तर मापन यन्त्र स्थापना गर्न खनालको माग

काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले भने “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ । चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ ।” प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताए । […]

चियाको गुणस्तर मापन यन्त्र स्थापना गर्न माग

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले चियाको गुणस्तर मापन गर्ने यन्त्र तत्काल स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनले भने “ चियाको गुणस्तर मापका लागि तत्काल स्वदेशमा नै यन्त्र स्थापना गर्नुपर्छ।  चिया कारखाना बनाउन चाहनेलाई ५० प्रतिशत सहुलियत दिनुपर्छ।”प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले चिया निर्यात गरेर नेपालले आर्थिक उपार्जन गर्नसक्ने बताए।      सांसद खनालले चिया बगान निर्माणलाई राज्यले उच्च प्राथमिकतामा राखी चिया विकास बोर्डक

चियाको गुणस्तर परीक्षण गर्ने ल्याब कृषि मन्त्रालयको योजनामै परेन, भारतकै भर

कृषि तथा पशुपंन्छी मन्त्रालयको वार्षिक बजेट कार्यक्रममा चियाको गुणस्तर परिक्षण गर्ने ल्यावको योजना अहिलेसम्म परेको छैन । कृषि मन्त्रालयले चियाको गुणस्तर परिक्षण गर्ने ल्यावका बारेमा छलफल समेत गरेको पाइदैन् ।

चियाको गुणस्तर र उत्पादन वृद्धि गर्न विशेष कार्यक्रम ल्याउँदै बोर्ड

चियाको राजधानीका रुपमा परिचित इलामका किसानहरुलाई चियाको गुणस्तर र उत्पादिन बृद्धिका लागि कार्यक्रम अगाडी बढाइएको छ । चिया तथा कफि विकास बोर्डले चिया किसानलाई लक्षित गरेर कार्यत्रम अगाडी बढाएको हो ।हाल चियाको उत्पादन बन्द छ । जाडो महिना सुरु भएसँगै चियाको उत्पादन बन्द हुन्छ । तर यहि सिजनमा चियालाई छाँटकाँट गर्नु पर्दछ । चिया छाँटकाँट […]

चियाको गुणस्तर र व्यापार बढाउन परियोजना

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले इलामलाई केन्द्रित गरी चिया खेती भइरहेका जिल्लामा १७ करोड रुपैयाँ हाराहारीको परियोजना सुरु गरेको हो।...