अक्सिजनको जोहो : फ्याक्ट्रीबाहिर आफै लाइन लाग्न थाले बिरामीका आफन्त

सम्बन्धित सामग्री

अक्सिजन सिलिन्डरको ग्यारेन्टी नभई अस्पतालले भर्ना लिदैनन्

काठमाडौं, २ जेठ । कोरोना भाइरसका संक्रमितमा श्वास प्रश्वासको समस्या बढेपछि परिवारले राजधानीका अस्पतालहरुमा फोन घुमाउन थाले । तर, कुनैपनि अस्पतालले भर्ना लिन मानेनन् । कतिपयले अक्सिजनको ग्यारेन्टी गर्न नसकिने बताए । विरामी भर्ना लिएपनि अक्सिजनको जोहो परिवारले नै गर्नुपर्ने स्पष्ट जवाफ दिए । विरामीका आफन्त अक्सिजनको जोहो गर्ने ग्यारेन्टी दिएर बल्खुको एक अस्पतालमा भर्ना […]

बालाजुको औद्योगिक क्षेत्रभित्र अक्सिजन भर्न गएका बिरामीका आफन्त (तस्बिरहरू)

अस्पताल र सरकारले अक्सिजनको जोहो पर्याप्त मात्रामा गर्न नसकेपछि कोरोना संक्रमितका आफन्तहरूले नै अक्सिजनको जोहो गर्नुपरेको छ।

‘ग्राउन्ड जिरो’ टेकु अस्पताल : भाग २– सेकेन्डभरले ज्यान बच्यो, नत्र...!

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आकस्मिक कक्षअगाडि १० जनाभन्दा धेरै बिरामीलाई अक्सिजन दिएर राखिएको छ ।  उमेरले ८० काटेका एक वृद्ध ढोकाकै छेउमा अक्सिजन लिएर बसेका छन् । उनकै पासमा ३ जना आफन्त पनि बसिरहेको देख्न सकिन्छ । ती वृद्ध अक्सिजन लिइरहेको अवस्थामा पनि कुराकानी गरिरहेका थिए । कोरोनाभाइरस (कोभिड– १९)को संक्रमण भएपछि उनलाई बिहान मात्रै टेकु अस्पताल ल्याइएको थियो । बिहानदेखि दिउँसो २ बजेसम्म अवस्था सामान्य थियो । अक्सिजन लगाएर बसेका थिए । लगभग २ बजे उनलाई एक्कासि अक्सिजनको कमी भयो । ...

बाबा होटलमा अक्सिजन सकिएपछि होहल्ला, प्रशासनले पुर्‍यायो राति नै

वीरगंज : वीरगंजको नगवामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालद्वारा सञ्चालित बाबा होटल अस्थायी कोभिड अस्पतालमा राति ११ बजे सबै अक्सिजन सकिएपछि होहल्ला भयो। संक्रमितका आफन्तले अस्पताल र प्रशासनको रवैयाको विरोध गर्दा होहल्ला गरेका थिए। मंगलवार बिहानदेखि अक्सिजनको अभाव रहेता पनि प्रहरी प्रशासनले अक्सिजनको व्यवस्थापन गर्न नसकेको भन्दै बिरामीका आफन्त…

अक्सिजनको झन् हाहाकार : अस्पतालबाट निकालिए बिरामी

जोरपाटीस्थित नेपाल मेडिकल कलेजले अस्पतालमा भएको अक्सिजनले साँझ ४ बजेसम्मलाई मात्र पुग्ने भएकाले त्यसअगावै आ–आफ्नो व्यवस्था गर्न बिरामी पक्षलाई आग्रह गर्दै मंगलबार बिहान सूचना जारी गर्‍यो ।अक्सिजन उपलब्ध हुन नसक्ने भएकाले बिरामीलाई डिस्चार्ज गर्न लागिएको जानकारी नगरपालिका, प्रहरी र स्वास्थ्य मन्त्रालयलाई समेत गराएको सूचनामा उल्लेख थियो । सूचनापछि उपचाररत कोरोना संक्रमित र उनका आफन्त आत्तिए । ‘राति पनि अक्सिजन चाहिनेजति दिइएन । बिहान त अक्सिजनै सकिने सूचना आयो,’ एक संक्रमितका

अक्सिजनको जोहो, प्लान्टमै लिन पुगे पीडित (१५ तस्बिर)

काठमाडौं । कोरोना संक्रमितसहितका बिरामीको लागि अहिले देशका धेरै ठाउँमा अक्सिजन अभाव भएको छ । अक्सिजनको कमी हुन थालेपछि बिरामीका आफन्त आफैँ खाली सिलिन्डर बोकेर अक्सिजन प्लान्टमा धाउन थालेका छन् । सोमबार केही व्यक्ति काठमाडौंको बालाजुस्थित अक्सिजन ग्यास प्लान्टमा अक्सिजन लिन पुगेको देखियो । थप तस्बिर हेर्नोस्

अक्सिजनको हाहाकार

देशभरका अधिकांश सरकारी तथा निजी अस्पतालमा अक्सिजन र सिलिन्डर हाहाकार भएको छ । अधिकांश कोरोना संक्रमितलाई अक्सिजन आवश्यकता पर्ने देखिए पनि अभाव हुँदा उनीहरूले छटपटाउनुपर्ने बाध्यता आइपरेको छ ।अक्सिजन अभावमा केही निजी तथा सरकारी अस्पतालले समेत ‘संक्रमित उपचार गर्न नसकिने’ बताइसकेका छन् । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा आइतबार उपचारका लागि पुगेका संक्रमितका आफन्त गोविन्द शर्माले अक्सिजन नहुँदा समस्या भएको सुनाए । ‘के गर्ने होला ? अस्पतालमै पनि रहेनछ,’ उनी भन्छन्, &lsqu

कोरोनाको डरले दिमागमा असर, कसरी बँच्ने डरलाग्दा समाचारबाट ?

अस्पतालको बाहिर मानिसहरुको हारगुहार, अक्सिजनको कमी, रोइकराइ गरिरहेका विरामीका आफन्त, लाश जलाइरहेका दृश्यहरु आजकल मिडिया तथा सोसल मिडियाहरुमा सामान्य जस्तै बनेका छन् । पछिल्ला केही दिनयता लगातार हामीले यी खबरहरु सुन्दै तथा देख्दै आएका छौँ । तर यी सूचना तथा समाचारहरु केवल समाचार मात्र होइन डर बनेर हाम्रो मस्तिष्कमा छिरिरहेका छन् । उक्त डरले मानसिक […]

लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन अभाव

रुपन्देही - रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । बिरामीले भरिएको अस्पतालमा अक्सिजन अभाव भएपछि अस्पतालका स्वास्थ्यकर्मी, बिरामी र आफन्त अत्तालिएका छन् । बितेको २४ घण्टादेखि प्रयास गर्दा पनि अक्सिजन उपलब्ध नभएको अस्पतालले जनाएको छ । सङ्क्रमितको सङ्ख्यासँगै अक्सिजनको खपत बढ्दा अक्सिजन अभाव भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो । दिउँसोसम्म अक्सिजन आपूर्ति नभएमा अवस्था नियन्त्रण बाहिर जाने उहाँले बताउनुभयो। अस्पतालमा दैनिक दुई सय सिलिण्डर अक्सिजन आव...

भारतमा फेरि अक्सिजनको अभाव, अवस्था पहिलाको भन्दा गम्भीर

१० वैशाख, काठमाडौं । शुक्रबार बिहान भारतको राजधानी दिल्लीमा २५ परिवारले गंगाराम अस्पतालमा उपचार गराइरहेका आफन्त बिरामीले पर्याप्त अक्सिजन पाउन नसक्दा मृत्यु भएको समाचार पाए । अस्पतालका मेडिकल निर्देशकले अक्सिजनको चरम अभावका कारण गम्भीर अवस्थामा रहेका २५ बिरामीमा पर्याप्त अक्सिजन नपुगेको बताए । उनीहरूलाई उच्च चापमा स्थिर रूपमा अक्सिजन दिनुपर्थ्यो । यस्तो दुःखद् घटना दिल्लीका […]