नेहा चौधरी र निहारिका राजपुत प्रहरी नियन्त्रणमा

काठमाडौं : दाइजोको निहुँमा घरबाट निकालिएकी नेहा चौधरी र कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आज महोत्तरीको रामगोपालपुरमा सडक आन्दोलन गर्दै सवारीसाधन तोडफोड गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको महोत्तरीका प्रहरी प्रमुख कृष्ण पैयनीले जानकारी दिए।नेहाले सासु र ससुरालाई पनि पक्राउ गर्नुपर्ने माग राखेर आज दिउँसो सडक आन्दोलन गरेकी थिइन्। नेहाको आन्दोलनमा कुमारी आमा निहारिका राजपुतसहित विद्यार्थी र केही युवाको सहयोगमा सडकमा टायर बालेर आन्दोलनमा साथ दिएका थिए।सडकमै प्रदर्शन भएपछि आ

सम्बन्धित सामग्री

निहारिका राजपुत बालुवाटारबाट पक्राउ

कुमारी आमाका भनेर चिनिएकी निहारिका राजपुत बालुवाटारबाट पक्राउ परेकी छन् । राजपुतले शुक्रबार बलात्कार आरोपीलाई पक्राउ गर्न माग राख्दै बालुवाटारमा पुगेर पत्रकार सम्मेलन गर्न लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेलगत्तै उनलाई परिवारको रोहबरमा छाडेको छ ।२७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी उनी अनसन समेत बसेकी थिइन् । पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति भएपछि अनशन तोडेकी थिइन् ।सहमति अनुसार राष्ट्रिय विधिविज्ञ

निहारिका राजपुत बालुवाटारबाट प्रहरी नियन्त्रणमा

प्रयोगशालामा राजपुतको छोरा र आरोपित श्रेष्ठसँग डिएनए मिलान भए पछि पत्रकार सम्मेलन गर्न भन्दै शुक्रबार बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानमन्त्री निवास बालुवाटारको ३ नम्बर गेट अगाडि पत्रकार सम्मेलनको तयारी गरेपछि प्रहरी वृत्त माली गाउँको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

निहारिका बलात्कारका आरोपितलाई अनुसन्धानका लागि थुनामा राख्न अनुमति

निहारिका राजपुत (सोनाली सिंह)  बलात्कारका आरोपित शिवराज श्रेष्ठमाथि अनुसन्धान गर्न बाटो खुलेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले अभद्र व्यवहारमा अनुसन्धान गर्न प्रहरीलाई पाँच दिनको म्याद दिएको छ ।  हिजो साँझ...

निहारिका राजपुत प्रकरण : बलात्कार आरोपमा शिवराज श्रेष्ठ धनुषाबाट पक्राउ

काठमाण्डाै – निहारिका राजपुत अर्थात् सोनाली कुमारी सिंह प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई धनुषाबाट हिजो बेलुका पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिनुभएको छ । महोत्तरीकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आउनुभएको छ । राजपुतले डीएनए जाँचको मुख्य माग राख्नुभएको छ । यसअघि बलात्कारको आरोपमा धनुषा जिल्ला अदालतले युवकलाई सफाइ दिएको भन्दै ...

निहारिका बलात्कारका आरोपित जनकपुरबाट पक्राउ

निहारिका राजपुत बलात्कारका आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् ।  श्रेष्ठलाई प्रहरीले धनुषाको जनकपुरबाट भर्खरै पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।  न्याय खोज्दै आमरण अनशन...

आत्मदाहको प्रयासपछि निहारिका मुद्दामा राष्ट्रपतिको चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले सोनालकुमारी सिंह (निहारिका राजपुत)को मुद्दाबारे चासो लिएकी छन्। शुक्रबार आफ्नै कार्यालय शीतल निवासअगाडि निहारिकाले आत्मदाहको प्रयास गरेपछि शनिबार यसबारे राष्ट्रपतिले चासो देखाएकी हुन्।...

के हो निहारिका राजपुतको मुद्दा ?

महोत्तरी जलेश्वरकी निहारिका राजपुत आफूलाई बलात्कार गर्ने पीडकलाई अदालतले सफाइ दिएको भन्दै न्यायको मागसहित अनशन बसिरहेकी छिन् । आफूलाई साथीकै दाइ धनुषा क्षीरेश्वरनाथ नगरपालिका– ३ का २३ वर्षीय शिवराज श्रेष्ठले नसालु पदार्थ...

अनसन बसेकी निहारिका राजपुत प्रहरीद्वारा पक्राउ

काठमाडौं। अनसन बसेकी निहारिका राजपुत (कुमारी आमा) सर्वोच्च अदालत जान खोज्दा अदालत परिसरबाट उनलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा लगाइएको ताला नेविसंघले खोलेको छ। बैतडीमा ५ लाख बराबरको कोरोना कोष स्थापना गरिएको छ। गाँजा विधेयक अघि बढाउन सांसद शेरबहादुर तामाङले माग गरेका छन्। अमेरिकामा होली चल्दा ४ जनाको मृत्यु भएको छ।

न्याय माग्दै अनशन बसेकी निहारिका राजपुत पक्राउ

काठमाडौं। एमालेले एकल बहुमतको सरकार बनाउने केपी ओलीले उद्घोष गरेका छन्। न्याय माग्दै अनशन बसेकी निहारिका राजपुत पक्राउ परेकी छिन्। नेप्से ३४ दशमलव ६१ अंकले घटेको छ। सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन भएको छ। सैन्य कारवाहीमा आपत्ति जनाउने देशबाट चीनले राजदूत फिर्ता बोलाउँदैछ।

निहारिका राजपुत प्रहरी नियन्त्रणमा

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।