काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर रोहितकुमार पौडेल र आरिफ शेख नेपालबाट ओडिआई क्रिकेटमा शतकीय साझेदारी गर्ने पहिलो जोडी बनेका छन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध रोहित र आरिफले पाँचौं विकेटका लागि १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका हुन् । ओडिआईमा नेपालबाट पहिलो पटक शतकीय साझेदारी भएको हो । […]