काठमाण्डौं, भदौ १२ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाउन देशभरका पालिकाहरुलाई परिपत्र गरेको छ । मन्त्रालयले चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने अस्वाभाविक मूल्यवृद्धि र कालोबजारी रोक्न सोमबार ७ सय ५३ वटै पालिकालाई परिपत्र गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले […]