आधा दर्जन जातीलाई भत्ता नदिन सरकारको परिपत्र

काठमाडौँ । सरकारले दलित जातीय अनुसूचीमा सूचिकृत नभएको भन्दै आधा दर्जन जात/थरका व्यक्तिहरूलाई भत्ता नदिन परिपत्र गरेको छ ।  राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै पटवा, विल्टाउ, विन(मुखिया), मलाह (सनही),लोहार र गोढया जातिको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिन सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।  पटवा, विल्टाउ, […]

सम्बन्धित सामग्री

बागमती प्रदेशका करारका कर्मचारीले पाएनन् तलब

काठमाडौँ । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले दशैँको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरूको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दसैँको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ । नुवाकोटको […]

बागमती प्रदेशका करारका स्वास्थ्यकर्मी भन्छन्– दशैंको बेला तलब पाएनौं

१६ असोज, काठमाडौं । कोभिडको समयमा बागमती प्रदेश अन्तर्गतका स्वास्थ्य कार्यालयमा भर्ना भएका करारका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले दशैंको बेला तलब भत्ता नपाएको गुनासो गरेका छन् । सुरुमा मन्त्रालयले करारका स्वास्थ्यकर्मीहरुको म्याद नथप्ने परिपत्र गरे पनि पछि अर्को परिपत्र गर्दै उक्त निर्णय स्थगित गरिएको जनाएको थियो । तर दशैंको बेलामा समेत तलब नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ […]

पटवा, विल्टाउ, विन, मलाह, लोहार र गोढया जातीलाई भत्ता नदिन सरकारको परिपत्र

काठमाडौँ । सरकारले पटवा, विल्टाउ, विन (मुखिया), मलाह (सनही),लोहार र गोढया जातिको व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता नदिन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले बुधवार ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै ती जाती दलित जातीको अनुसूचीमा सूचिकृत नभएका कारण भत्ता नदिन परिपत्र गरेको हो । दलितमा सूचीकृत नभए […]

दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन सकिन्नः स्वास्थ्य मन्त्रालय

काठमाडौं, फागुन ३० । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने जनाएको छ। मन्त्रालयले आइतबार सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दी बाहिरका कर्मचारीलाई थप तलब भत्ता दिन नसकिने प्रस्ट पारेको हो। मन्त्रालयले दरबन्दी यकिन गरेर मात्र रिक्त दरबन्दीमा सहमति दिन पनि सबै प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको […]

२४६६ जनाले दोहोरो भत्ता लिएको खुलासा

सरकारी कोषबाट २४ सय ६६ जनाले निवृत्तिभरण र सामाजिक सुरक्षा भत्ता दुवै लिएको पाइएको छ । गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा ऐन, २०७५ बमोजिम सरकारी कोषबाट निवृत्तिभरण पाइरहेका व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने व्यवस्था बमोजिम कट्टा गरेको जनाएको छ । विभागले असोज २४ गते देशभरका सवै स्थानीय तहलाई परिपत्र जारी गर्दै लाभग्राहीमध्ये कसैले निवृत्तिभरण नलिएको पुष्ट्याई सहित प्रमाण पेश गरे तथ्य यकिन गरी पुन नियमअनुसार लागत कायम गर्न अनुरोध गरेको छ ।

नयाँ सामाजिक सुरक्षा भत्ताको दर कायम, कसले कति पाउँछन् ?

काठमाडौँ । बढेको सामाजिक सुरक्षा भत्ता दरको सूची सार्वजनिक भएको छ । राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले स्थानीय तहलाई परिपत्र गर्दै मन्त्रिपरिषद्को भदौ १६ गतेको बैठकले आर्थिक वर्ष २०७८/०८९ को बजेट वक्तव्यमार्फत ३३ प्रतिशतले वृद्धि भएको सामाजिक सुरक्षा भत्ताको मासिक भत्ता दर यही साउन १ गतेदेखि लागू हुने गरी कायम गर्न भनेको हो । […]

एनएमबि बैंकले वडामै गएर भत्ता बाढ्दै

साउन १७, बैतडी । नेपाल सरकारले समाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्ने परिपत्र जारी गरे अनुसार अहिले स्थानीयतहरु बैंकिङ प्रणलीमार्फत भत्ता वितरण गरिरहेका छन् । जिल्ला सदरमुकामा रहेको एनएमबि बैंक अहिले दसरथचन्द नगरपालिकाका वडा वडामा गएर भत्ता वितरण गरिहेको छ । जिल्लाको सदरमुकामा रहेको दसरथचन्द नगरपालिका यसअघि पनि बैंक नजिक रहेका वडाहरुको  समाजिक सुरक्षा भत्ता कृषि विकास बैंक मार्फत वितरण गर्दै आएरहेको थियो । अहिले नगरपालिकाले पाँच वडामा भत्ता वितरण गर्ने जिम्मा एनएमबि बैंकलाई दिएको छ ।  एनएमबि बैंकले वडामै गएर खाता खोलिदिएको थियो भने अहिले भत्ता पनि वडामै गएर वितरण गरिहेको छ । यसले गर्दा बृद्धबृद्धा र अपांगता भएकाहरुलाई सजिलो भएको भत्ता बुझ्न आएकाहरु बताउँछन् । सेवाग्राहीहरुको समस्यालाई मध्ये नजर गर्दै वडामै गएर भत्ता वितरण गर्न लागेको एनएमबि बैंक शाखा बैतडीका प्रवन्धक नरेन्द्र बहादुर विष्टले बताए । ‘गाउँबाट बैंक आउन धेरै टाढाँ छ त्यसैले हामीले वडामै गएर वितरण गरिरहेका छौँ’ प्रवन्धक विष्टले भने । समाजिक सुरक्षा भत्ता वितरण गर्ने १ हजार ६०० भन्दा बढि सेवाग्राही रहेको एनएमबि बैंकले जानकारी दिएको छ । नगरपालिकाको वडा नं. ४ बाहेक अरु वडाबाट बैंक आउन दुईदेखि तीन घण्टा लाग्ने गर्दछ । जिल्लाका केही स्थानीयतहले अहिले पनि समाजिक सुरक्षा भत्ता बैंकिङ प्रणली मार्फत वितरण गरी राखेका छैनन् । केही स्थानीयतहले भत्ता बैंकिङ प्रणली मार्फत वितरण गरेपनि सेवाग्राहिले भने यो प्रक्रिया झन्झटिलो भएको बताएका छन् ।