यूईएफए नेसन्स लिग फुटबलको लिग ए को समूह ३ बाट इटाली फाइनल्स फोरमा प्रवेश गरेको छ। बुढापेस्टमा भएको खेलमा हंगेरीमाथि २–० को जित निकाल्दै इटाली समूहको शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा जर्मनी र इंग्ल्याण्डबीच ३–३ गोलको रोमाञ्चक बराबरी भयो। इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले समान १–१ गोल गरे। पुस्कास एरिना बुढापेस्टमा सोमबार राति भएको खेलको २७औं मिनेटमा जियाकोमो रास्पाडोरीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए। दोस्रो गोल भने ५२औँ मिनेटमा फेडरिको ड