भारतमा कोभिड–१९ (कोरोना) को तेस्रो लहर समाप्त भएको एक महिना पनि भएको छैन । तर छिमेकी देश चीनमा कोरोनाको नयाँ संक्रमणले गत २ वर्षको रेकर्ड तोडेको छ । यसैगरी जर्मनी, इटाली, फ्रान्ससमेत कयौं युरोपेली देश र दक्षिण कोरियाजस्ता एसियाली देशमा पनि कोरोनाको संक्रमण बढ्न थालेको छ । कोरोनाको यो ताजा लहरका पछाडि ‘स्टेल्थ ओमिक्रोन’ भनिँदै आएको ओमिक्रोनको सब भेरियन्ट ‘बीए २’ लाई जिम्मेवार मानिँदै आएको छ ।आउनुहोस् जानौँ– आखिर कसरी बढिरहेको छ चीन र युरोपेली देशमा कोरोना संक्र