इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा : जर्मनी र इंग्ल्यान्डले बराबरी खेले

इटाली यूईएफए नेसन्स लिगको फाइनल चारमा प्रवेश गरेको छ । इटालीले घरेलु टोली हंगेरीलाई २–० ले पराजित गरि फाइनल चारमा पुगेको हो । गएराति भएको खेलमा इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले एक/एक गोल गरे । जितसँगै इटाली लिग ए समूह ३ मा ६ खेलबाट ११ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित हंगेरीको १० अंक छ । यसअघि क्रोएसिया र नेदरल्यान्डले नेसन्स लिगको फाइनल चारमा स्थान बनाइसकेका छन् । यो समूहको अर्को खेलमा जर्मनी र इंग्ल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जर्मनीले ...