सूर्योदय लघुवित्त र इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत

चैत २९, काठमाडौं ।  दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । सूर्योदय लघुवित्त वित्तीय संस्था र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । इन्फिनीटी लघुवित्तको ८ लाख ९९ हजार ९८ दशमलव १२७ कित्ता र सूर्योदय लघुवित्तको ४ लाख ९६ हजार ८५ कित्ता बोनस शेयर सूचीकृत  भएको हो । यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि मात्र लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । सूर्योदय लघुवित्तले पुस १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी इन्फिनीटी लघुवित्तले भने पुस २७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २७ दशमलव ७० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।   

सम्बन्धित सामग्री

इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरकोे साधारण सभा आज

पुस २७, काठमाडौं । मंगलवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले मंगलवार बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा सभा हुने जानकारी दिएको हो । सभाले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते (एक दिन) बन्द गरेको हो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, युनियन हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा मंगलवार बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको छ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

इन्फिनिटी लघुवित्त र युनियन हाइड्रोपावरकोे साधारण सभा मंगलवार हुँदै

पुस २६, काठमाडौं । मंगलवार दुई ओटा कम्पनीको साधारण सभा हुँदैछ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था र युनियन हाइड्रोपावर कम्पनीले साधारण सभा आयोजना गरेका हुन् ।  इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले मंगलवार बिहान १० बजे होटल द नारायणी गैडाकोट नवलपरासीमा सभा हुने जानकारी दिएको हो । सभाले २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते (एक दिन) बन्द गरेको हो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  त्यसैगरी, युनियन हाइड्रोपावर कम्पनीले १५औं वार्षिक साधारण सभा मंगलवार बिहान ११ बजे ललितपुर ३ धोवीघाट स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा हुने जानकारी दिएको छ ।  सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

मञ्जुश्री फाईनान्ससहित ५ ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार

पुस १३, काठमाडौं । पाँच ओटा अलग - अलग कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार पुस १४ गतेसम्म रहेको छ ।  मञ्जुश्री फाईनान्स, चिलिमे जलविद्युत् कम्पनी,समिट लघुवित्त वित्तीय संस्था,इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडकोे लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार रहेको हो ।  मञ्जुश्री फाईनान्सले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गते बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४० प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा कम्पनीको नयाँबानेश्वर भवन काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जानकारी दिएको छ ।  त्यसैगरी चिलिमे जलविद्युत् कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गरेकाले बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग महाराजगञ्ज, काठमाडौंमा बिहान १० बजेदेखि  शुरु हुने छ । त्यसैगरी समीट लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २४ गतेसम्म बुक क्लोज गरेसँगै बुधवार पुस १४ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ दशमलव २८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँवुखैरेनी ३ तनहुँमा बिहान १० बजे गर्ने जानकारी दिएको छ । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस १५ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २७ दशमलव ७० प्रतिशत बोनस शेयर र १ दशमलव ४६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २७ गते होटल द नारायणी, गैंडाकोट, नवलपरासीमा बिहान १० बजे शुरु गर्ने जानकारी गराएको छ । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साधारण सभा प्रयोजनको लागि पुस १५ गते  बुक क्लोज गरेसँगै पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र शून्य दशलमव २६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते आम्रपाली ब्याक्वेंट थिरबम सदन काठमाडौंमा बिहान ११ बजे सभा शुरु गर्ने जानकारी दिएको छ ।

इन्फिनीटी लघुवित्तको बोनस शेयर सूचीकृत

वैशाख २८, काठमाडौं । इन्फिनीटी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ३ लाख २५ हजार ९९ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । कम्पनीले गत माघ २४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।