एकान्त स्थानमा पार्किङ गरेका सवारीसाधन बढी चोरी

प्रहरीले मोटसाइकल हराउनुको मख्य कारण एकान्त स्थानमा पार्किङ गर्नु रहेको बताउँदै त्यस्तो स्थानमा आफ्ना सवारीसाधन नराख्न अनुरोध गरेको छ । केही दिन अघि मात्र नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको छ महिनामा ती हस्तान्तरण गरिएको काठमाडौँ उपत्यका ट्राफिक …

सम्बन्धित सामग्री

असनमा रथयात्राको मार्गमा पार्किङ गरिएका माेटरसाइकल जफत [तस्वीर]

इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको असन बजारमा निषेध गरिएका स्थानमा पार्किङ गरिएका मोटरसाइकल जफत गरेर गाडीमा हाल्दै प्रहरी र नगर प्रहरीहरू । इन्द्रजात्राको रथयात्राको मार्गमा सवारीसाधन निषेध गरिएको छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ४२ सवारी चालकमाथि कारबाही

काठमाडौँ – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन २ हजार ४२ जना सवारी चालकलाई कारबाही गरेको छ। उपत्यकाका विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २३३ जना, फुटपाथमा पार्किङ गर्ने १०७, तीव्र गतिमा सवारीसाधन चलाउने ९५  […]

मदिरा पिएर सवारीसाधन चलाउने ११० जना कारबाहीमा

काठमाडौं । सडकमा ट्राफिक नियम उल्लंघन गर्ने एक हजार ९६४ सवारी चालक कारबाहीमा परेका छन् । बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उनीहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८०, लेन उल्लंघन गर्ने १३७, मदिरा पिएर सवारीसाधन चलाउने ११० जना रहेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको...

ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २४ चालक एकैदिन कारबाहीमा

काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २४ जना चालकलाई कारबाही गरिएको छ । सोमबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २४ जना चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।  फुटपाथमा पार्किङ गर्ने १६६ जना, तीव्र गतीमा सवारीसाधन चलाउने ८३ जना, मदिरा पिएर...

शिवरात्रिमा काठमाडौंका यी स्थानमा सवारीसाधन निषेध, कहाँ–कहाँ छ पार्किङ ?

त्यसैगरी, भक्तजन तथा सवारीसाधनलाई मध्यनजर गर्दै विभिन्न नाकाहरूबाट आवश्यकताअनुसार डाइभर्सन गर्नुका साथै सवारी प्रवेशमा रोक लगाइने महाशाखाले जनाएको छ

काठमाडौं उपत्यकामा बहुतले पार्किङको अवधारणा, २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ । कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिए...

बहुतले पार्किङ बनाउन रू. ३ अर्ब ६० करोड लगानी : २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ । कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आयोजना पहिचान भएका स्थानमा २५ वर्षसम्मका लागि ऋण लगानी गरिने बताए । ‘एउटा बहुतले पार्किङ भवन अर्थात् १०० सवारीसाधन अटाउन सक्ने संरचना विकास गर्न अधिकतम रू. १० करोडसम्म लागत पर्न जान्छ,’ सापकोटाले भने । सामान्यतया एउटा कार तथा सवारीसाधन पार्किङ गर्ने संरचना निर्माणमा न्यूनतम रू. ८ लाखदेखि अधिकतम रू. १० लाखसम्म लागत आवश्यक हुने आकलन गरिएको उनले बताए । यो लगानी कोषले ऋणका रूपमा गरिदिनेछ । अहिले छनोट भएका अधिकतम स्थानमा पार्किङ बनाइने उनले बताए । शहरी विकास मन्त्री तथा सचिवज्यूबाट पनि निरन्तर चासो आएकाले यो परियोजना कार्यान्वयनमा जाने उनको दाबी छ । स्थान छनोट, डिजाइनदेखि निर्माण सम्पन्न गर्दासम्म २ वर्षजति लाग्ने उनले बताए । कोषले सम्भावित ३६ स्थानमा आवश्यक पर्ने देखेर ती स्थान तोकेको भन्दै उनले अन्य स्थानबाट पनि प्रस्ताव तथा माग आएमा अध्ययन गरेर ऋण लगानी गरिने बताए । १५ दिनभित्रमा प्रस्ताव पेश गर्न भनेको कोषले आएका प्रस्तावहरूको अध्ययन गरेर अघि बढिने उनले बताए । कोषले शुक्रवार सूचना जारी गर्दै उक्त अवधिभित्र परियोजना निर्माण तथा सञ्चालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग लिखित कागजात माग गरेको छ । कोषले बहुतले मेकानिकल पार्किङ बनाउन कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने उल्लेख गरेको छ । यसका साथै प्रस्ताव पेश गर्दा उक्त क्षेत्रफलसहितको जग्गाधनी प्रमाणपत्र (लाजपुर्जा)को प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघसंस्थाको नविकरणसहितको दर्ता प्रमाणपत्रको प्रतिलिलि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णयजस्ता कागजातहरू पेश गर्न पनि कोषले आग्रह गरेको छ । उक्त सूचनाअनुसार कोषले सम्भाव्य स्थानहरूमा थापाथली, त्रिपुरेश्वर, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बनोश्वर, गौशला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार,विशालनगर, भाटभटेनी,ज्ञानेश्वर, नक्साल, गैह्रीधारा, हाँडीगाउँ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपण्डोल छन् ।

सवारी नियम उल्लंघन गर्ने सवारी साधनलाई सिक्रीले बाँधियो

ट्राफिक प्रहरी नियम मिचेर सवारीसाधन पार्किङ गर्नेमाथि कठोर बनेको छ । ट्राफिक नियम मिचेर तानसेनको विभिन्न स्थानमा जथाभावी पार्किङ गरिएका सवारीसाधन सिक्रीले जेलिने भएको छ । ट्राफिक प्रहरीले तानसेनका विभिन्न स्थानमा राखेका सवारीसाधनले ट्राफिक व्यवस्थापनमा असर प-याएको भन्दै सवारी साधन शिल गर्न थालेको हो ।

नारायणगढ बजारमा पार्किङको समस्या

चितवनको प्रमुख व्यापारिक केन्द्र नारायणगढ बजारमा पार्किङ समस्या दिन प्रतिदिन जटिल बन्दै गएको छ। वित्तीय सङ्घ/संस्थादेखि व्यापारिक प्रतिष्ठानको केन्द्रका रूपमा रहेको बजारमा खुला ठाउँको अभाव भएपछि साना तथा ठूला सवारीसाधन रोकेर राख्ने स्थान नहँुदा त्यसको असर व्यापारमा समेत परेको छ। निर्माणाधीन छ लेनको सडक सम्पन्न भएपछि पार्किङको समस्या अझ बढेर जाने भएको छ। पुरानो संरचना भएकाले यहाँका घरमा अन्डरग्राउन्ड पार्किङको व्यवस्था छैन। नयाँ बनेका सीमित घरले मात्र पार्किङको व्यवस्था गरेका छन्। नारायणगढको ओरालोदेखि पुलचोक हुँदै पोखरा बसपार्क, मिलनरोड, कमलनगर, बेलचोक सडक यहाँको मुख्य बजार क्षेत्र हुन्। यही स्थानमा बैङ्क तथा वित्तीय संस्थाका शाखाहरू सहकारी, ठूला व्यापारका थोक तथा खुद्रा पसल सञ्चालनमा रहेका छन्। ती स्थानमा आउने उपभोक्ताले ल्याउने सवारीसाधन तथा सार्वजनिक सवारीसाधन रोकिराख्ने स्थानको अभाव भएको छ।