काठमाण्डाै - इङ्ग्ल्यान्डले घरेलु टोली पाकिस्तानसँगको ७ खेलको टी–२० शृङ्खला जितेको छ । लाहोरमा गएराति भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इङ्ग्ल्यान्डले शृङ्खला ४–३ ले जितेको हो ।
इङ्ग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो ।
पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय पारी खेले । इङ्ग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको...