बुटवल उपमहानगरको गत वर्ष (आर्थिक वर्ष २०७५-०७६) को बेरुजु कुल लेखा परीक्षण रकमको ३.१० प्रतिशत रहेको छ । सो वर्षमा बुटवलको बेरुजु रकम ९ करोड १६ लाख रुपैयाँ रहेको महालेखा परिक्षकको कार्यालयले प्रकाशित गरेको ५७ औंै वार्षिक प्रतिवेदनमा उल्लेख छ ।
बेरुजु रकम मध्ये पेश्की रकमतर्फ मात्रै ३ करोड ३३ लाख रहेको छ भने २०७६ असार मसान्तसम्म बुटवल उपमहानगरको बेरुजु बढेर ११ करोड ४९ लाख पुगेको प्रतिवेदनमा जनाइएको छ ।