पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरुको टिमले काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा रहेको मतदान स्थलको अवलोकन गरेको छ । पर्यवेक्षक श्रेष्ठको टिमले काठमाडौंका विभिन्न मतदानस्थलहरूको अनुगमन गरिरहेको हो ।सो क्रममा रत्नराज्य मावि पुगेको पर्यवेक्षकहरुको टिमले त्यहाँको मतदान स्थल र मतदाताहरूको गुनासोका बारेमा सम्बोधन गर्न मतदान केन्द्रको निरीक्षण गरेको जनाएको छ । मतदान स्थलको अवलोकनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले अन्य स्थानहरु भन्दा मध्य बानेश्वर