काठमाण्डाै – पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले स्थानीय तहको चुनाव सार्ने काम गरिए संविधानलाई नै समाप्त गर्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको चुनाव सार्नु भनेको सत्तारुढ गठबन्धनलाई समेत प्रत्युत्पादक हुने बताउनुभयो । आज शुक्रवारकाे कुराकानीमा उहाँले स्थानीय तहको चुनाव सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः लाेकतान्त्रिक प्रणाली नै नरहने अवस्था आउने पनि बताउनुभयो । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको चुनाव सार्ने काम गरे अहिलेको संवि...