संसद्ले पर्याप्त छलफलविना कानुन बनाउन हुँदैन : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाण्डौ – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संसद्ले पर्याप्त छलफलविना कानुन बनाउन नहुने बताउनुभएको छ ।  आज मङ्गलवार कानुनी शासन केन्द्रले काठमाण्डौमा आयोजना गरेको कानुनी शासनको प्रवद्र्धनमा संसद्को भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संसद्ले पर्याप्त छलफलविना कानुन बनाउने गरेको बताउनुभएको हो । उहाँले महत्त्वपूर्ण विधेयकहरूलाई नियम निलम्बन गरेर विना छलफल पारित गरिने गरेको भन्दै संसद्को भूमिकाप्रति प्रश्न उठाउनुभयो । विना छलफल पास भएको कानुनले कानुनी तत्त्व ग्रहण गर्न नसक्ने उहाँक...