काठमाडौं । एक वाणिज्य बैंकसहित तीन कम्पनीको संस्थापक शेयर शुक्रवारबाट विक्रीमा राखिएका छन् । सांग्रिला डेभलपमेन्ट बैंकको २ हजार कित्ता, सानिमा बैंकको ६८ हजार कित्ता र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले १३ हजार ९९४ कित्ता संस्थापक शेयर विक्रीमा राखिएका हुन् ।
ती शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने छन् । तीन कम्पनीमध्ये सानिमा बैंकले शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकेको छ । अन्य दुई कम्पनीले भने मूल्य खुलाएका छैनन् ।
ती शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
सानिमा बैंकको शेयर खरीद गर्नका लागि काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा, किसान लघुवित्तको शेयर खरीदका लागि कैलाली र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा ती शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

काठमाडौं । सानिमा बैंक र छिमेक लघुवित्तले संस्थापक तर्फको शेयर आजदेखि विक्रीमा ल्याएका छन् । सानिमा बैंकको २ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको १५ हजार कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
सानिमा बैंकको शेयरको मूल्य प्रतिकित्ता १५० रुपैयाँ तोकिएको छ भने छिमेक लघुवित्तको शेयरको मूल्य प्रतिकित्ता ६०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी सम्बन्धित कम्पनीको शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।
छिमेक लघुवित्तको शेयर खरीदका कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा र सानिमा बैंकको शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा आगामी ३५ दिनभित्र आवेदन पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।
काठमाडौं । तीन वाणिज्य बैंकले ३८ लाख ९७ हजार ६८९ कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार सूचना जारी गरेका छन् । प्रभु बैंक, सानिमा बैंक र कुमारी बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएका हुन् ।
कुल कित्तामध्ये प्रभु बैंकको २५ लाख ७ हजार ४२९ कित्ता, सानिमा बैंकको ११ लाख ८७ हजार १७३ कित्ता र कुमारी बैंकको २ लाख ३ हजार ८७ कित्ता रहेको छ । तीन वाणिज्य बैंकहरूमध्ये सानिमा बैंकले प्रतिकित्ता शेयर मूल्य रू. १५० तोकेको छ । सानिमा बैंकको शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ ।
अन्य दुई बैंकको संस्थापक शेयर खरीदका लागि भने मूल्य र आवेदन कित्ता तोकिएको छैन । तीन ओटै बैंकको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
प्रभु बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय बबरमहल, काठमाडौं, सानिमा बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय नक्साल, काठमाडौं र कुमारी बैंकको शेयर खरीदका लागि केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लिखित शेयर विक्री गरिने जानकारी बैंकहरूले दिएका छन् ।
जेठ २०, काठमाडौं । सानिमा बैंक लिमिटेडको २५ लाख कित्ता संस्थापक शेयर आज (शुक्रवार) देखि विक्रीमा आएको छ ।
बैंकले डा. निरज गोविन्द श्रेष्ठको नाममा रहेको उल्लेखित कित्ता शेयर प्रतिकित्ता रू. २०० मा विक्रीको लागि ३५ दिने सूचना जारी गरेको हो । यो शेयर खरीदका लागि तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।
आवेदन दिँदा न्यूनतम २ लाख कित्ता माग गर्न सकिनेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
जेठ ११, काठमाडौं । सानिमा बैंकको १५ लाख कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको छ ।
बैंकले यस अघि मंसिर २२ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा विक्री हुन नसकेको १५ लाख कित्ता संस्थापक शेयर भने अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागिएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. २२० तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।
मंसिर २२, काठमाडौं । सानिमा बैंकले २० लाख ५ हजार ३०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २२० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।
मंसिर १७, काठमाडौं । सानिमा बैंकले १० लाख कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य प्रतिकित्ता रू. २२० मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ । उक्त शेयर खरीदका लागि न्यूनतम १ लाख कित्ताका लागि निवेदन दिन पर्नेछ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियमअनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।
असोज १२, काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी धर्मकला थपलियाको नाममा रहेको १२ हजार ७५१ कित्ता संस्थापक शेयर (आव २०७७/७८ को प्राप्त हुने लाभांश समेत) विक्री गर्ने जानकारी गराएको हो । शेयरको मूल्य तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नक्साल, काठमाडौंमा आफूले खरीद गर्ने शेयर कित्ता खुलाइ निवेदन दिन अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य खरीदकर्तालाई उक्त संस्थापक शेयर विक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गराएको हो ।