गोरखामा ४७ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित

गोरखा -गोरखाका स्थानीय तहमा ४७ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । जिल्लाभर ४ शय ८७ जना जनप्रतिनिधि निर्वाचित भएकोमा ४० वर्षमुनिका युवाको संख्या २ शय १० जना रहेको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार हुन २१ वर्ष उमेर पूरा भएको हुनुपर्ने कानुनी ब्यवस्था छ ।जिल्लामा २ जना भने २१ वर्षकै उमेरमा जनप्रतिनिधि निर्वाचित भएका […]

सम्बन्धित सामग्री

जाजरकोटको परिचय बदल्ने निरज आचार्यको संकल्प

१३ असोज, काठमाडौं । युवा राजनीतिमा परिचित अनुहार हुन्, निरज आचार्य । १९ वर्षे उमेरमै उनी नेकपा एमाले निकट युवा संगठन (तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक संघ) का केन्द्रीय सदस्य बनेका थिए । किशोर वयमै युवा संघको केन्द्रीय नेता हुनुमा भने २०५४ सालको स्थानीय चुनावमा देशकै कान्छा जनप्रतिनिधि निर्वाचित हुनुले काम गरेको थियो । १८ वर्ष कटेपछि […]

स्थानीय तहमा युवा पुस्ताबाट १४ हजार जनप्रतिनिधि निर्वाचित

निर्वाचन आयोगले सार्वजनिक गरेको ३० वैशाख ०७९ को स्थानीय चुनावको परिणामअनुसार ४१ देखि ६० वर्ष उमेर समूहका जनप्रतिनिधि सबैभन्दा धेरै निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचन : ८१ वर्षमाथिका १७ जना, ४० वर्ष मुनिका १४ हजार निर्वाचित

काठमाडौं । गत वैशाख ३० गते स्थानीय तह निर्वाचनमा ४० वर्ष मुनिका ४१ प्रतिशत युवा निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको विवरणअनुसार ३५ हजार ९७ जना जनप्रतिनिधि निर्वाचित हुँदा ४० वर्ष मुनिका १४ हजार ४४२ जना निर्वाचित भएका हुन् । जुन ४१.१४ प्रतिशत हो । विवरणअनुसार सबैभन्दा धेरै ४१ देखि ६० वर्षमा […]

स्थानीय तह चुनाव :  कुन दलका कति जनप्रतिनिधि निर्वाचित भए ?

राजधानी काठमाडौंमा अवस्थित नेपालको सबैभन्दा पुरानो र ठूलो महानगरपालिका काठमाडौं महानगरपालिकामा पहिलो पटक मतदाताले राष्ट्रिय राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र हैसियतका युवा बालेन्द्रनारायण साहलाई विजयी गराएका छन् ।

४२ प्रतिशत जनप्रतिनिधि ४० वर्षमुनिका

स्थानीय तह निर्वाचनमा प्रमुख राजनीतिक दलबाट ४९ प्रतिशतसम्म युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन अयोगका अनुसार आइतबार साँझसम्म ७ सय १४ पालिकामा ३३ हजार ८ सय ५८ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

किसानलाई व्यावसायिक बनाउँदै गाउँपालिका

बाँके । बाँकेको जानकी गाउँपालिकाले कृषिमा संलग्न किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्दै आएको छ । गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि किसानलाई आवश्यक मल, बीउ र सिँचाइको व्यवस्था गर्दै आएको हो । ‘गाउँपालिका अध्यक्ष कृषि कार्यक्रम’ अन्तर्गत किसान लक्षित कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक अध्यक्ष भूमिसरा धितालले बताइन् । उनका अनुसार निर्वाहमुखी खेती गर्दै आएका किसानलाई व्यावसायिक बनाउँदै बेमौसमी तरकारी तथा फलफूल खेती गर्र्न गाउँपालिकाले प्रोत्साहन गर्नाका साथै बसन्ते मकैको र धानको पकेट क्षेत्रको रूपमा विकास गरिँदै लगिएको छ । गाउँपालिकालाई नै बसन्ते मकै, धान र तरकारीको पकेट क्षेत्रको रूपमा विकास गर्न सकिने गाउँपालिका कृषि शाखा प्राविधिक सहायक धनञ्जय शर्माले बताए । उनका अनुसार पालिकामा अझै बस्तीको विकास भइनसकेको र यहाँको माटोमा उर्वरा शक्ति बढी रहेकाले कृषि कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरी आर्थिक समृद्धि गर्न सकिनेछ । हाल गाउँपालिकाको वडा नं ४ र ५ लाई बसन्ते मकै र धानको पकेट क्षेत्रका रूपमा लिइएको छ । यी वडामा विशेषगरी यही अन्नबाली लगाउँदै आइएको छ । राम्रो र बढी उत्पादन हुने भएकाले यही बालीलाई किसानले प्राथमिकता दिएका हुन् ।     गाउँपालिकाका अन्य ठाउँमा तरकारीको राम्रो सम्भावना रहेको कृषि शाखाको सर्वेक्षणले देखाएको छ । शाखाका अनुसार वडा नं १, २ र ३ लाई तरकारीको पकेट क्षेत्र बनाउन सकिने सम्भावना छ । गाउँपालिकामा युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालनमा जोड दिएको गाउँपालिका आर्थिक विकास शाखा संयोजक धर्मा थापाले बताए । गाउँपालिकाले युवा किसानमा बढ्दो विचलन नियन्त्रण गर्न र कृषि कार्यमा प्रेरित गर्न नि:शुल्क तथा अनुदानमा विभिन्न अन्नबाली र तरकारीको बीउ वितरण गर्दै आएको छ । किसानलाई ५० प्रतिशत अनुदानमा तरकारीको हाइब्रिड बीउ वितरण गरिरहेको प्राविधिक शर्माले बताए । कृषि शाखाका अनुसार यसै वर्ष एक हजार ८०० किसानलाई मिनी किट वितरण गर्ने लक्ष्य छ । पचास प्रतिशत अनुदानमा ४०० किसानलाई तरकारीको बीउ र च्याउको बीउ वितरण गरिरहेको हो । च्याउ उत्पादन गर्न चाहने थप एक हजार ५०० किसानलाई बीउ वितरण गरिने उनको भनाइ थियोे । गाउँपालिकाले किसानले खेती गर्दा देखिने समस्यालाई स्थलगत रूपमै समाधान गर्न अनुगमनपछि निराकरणको उपाय अवलम्बन गर्न लगाउने गरिएको बताएको छ । रासस