काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिकतर्फका सांसदको सूची बुझाउन दलहरुलाई तीन दिनको समय दिएको छ। समानुपातिकबाट दलहरुले पाउने सांसद संख्या र क्लष्टर छुट्याएर नाम पठाउनका लागि आयोगले दलहरुलाई पत्र पठाउने तयारी गरेको हो। त्यसका लागि अहिले आयोगको बैठक बसिरहेको छ। तीन प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका दलहरुले मात्रै समानुपातिक सांसद […]