निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मनोनयनका क्रममा बाजा बजाएको हो वा होइन त्यसबारे अध्ययन गर्न गोरखाका मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई ३ दिनको समय दिएको छ । ३ दिनभित्र अध्ययन गरी आयोगमा प्रतिवेदन बुझाउन निर्देशन दिइएको गोरखाका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले रातोपाटीलाई जानकारी दिए । शर्माले भने–‘आयोगको सो बारेको पत्र प्राप्त भइसकेको छ । हामीले अध्ययन सुरु गरिसकेका छौँ । सत्य तथ्य बुझी पछिसम्म फरक नपर्ने गर्नु भनेर पत्र प्राप्त भ