काठमाण्डाै - अफगानिस्तानलाई नियन्त्रणमा लिए पछि तालिबानले अमेरिकी सेना तथा नेटो सेनासँग काम गरेकाहरुको खोजीलाई तीव्र पारेको छ । संयुक्त राष्ट्र सङ्घको एउटा रिपोर्टले विदेशी सेनासँग सम्पर्कमा रहेर काम गरेकाहरुलाई तालिबानले घर-घरमै पुगे दबाब दिन थालेको जनाएको छ ।
केही व्यक्तिलाई आत्मसमर्पण गर्न बाध्य पारिएको र केहीको परिवारलाई हिरासतमा लिने गरेको रिपोर्टलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै, केही व्यक्तिलाई भने ज्यान मार्ने धम्की समेत दिन थालेको पाइएको छ । सेना, प्रहरी र सुरक्षा सम्बन्धी क्षेत्रमा काम गर्नेहरु ...