भारतमा थप ४४ हजार ६५८ व्यक्ति कोभिड–१९ संक्रमित

भदौ १३, नयाँदिल्ली । भारतमा कोभिड–१९ संक्रमितको संख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले बताएको छ ।            यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको संख्या ३ करोड ४४ हजार ८९९ पुगेको छ ।            मन्त्रालयको तथ्यांक अनुसार भारतमा कोभिड–१९ संक्रमित ४ लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय संक्रमितको संख्या १ दशमलव शून्य ३ प्रतिशत रहेको छ भने ९७ दशमलव ६३ प्रतिशत संक्रमित निको भइसकेका छन् ।            भारतमा दैनिक संक्रमण दर २ दशमलव ४५ प्रतिशत रहेको र संक्रमितको संख्या दैनिक १० हजारभन्दा बढीले वृद्धि भइरहेको छ ।            मन्त्रालयका अनुसार कोभिड–१९ निको भएका व्यक्तिहरूको संख्या ३ करोड १८ लाख २१ हजारभन्दा बढी पुगेको छ । अहिले संक्रमित अवस्थामा रहेका विरामीमध्ये १ दशमलव ३४ प्रतिशतको अवस्था गम्भीर भएको र उनीहरूले देशको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार सेवा लिइरहेको बताइएको छ ।रासस/ पीटीआई

सम्बन्धित सामग्री

६५८ थपिए कोभिड - १९ संक्रमित

कोरोना भाइरसबाट आज छ सय ५८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार छ सय ४३ परीक्षणमध्ये सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...

नेपालमा थपिए २८६ कोभिड-१९ संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो। एक हजार आठ सय १६ जनाको...

कोभिड–१९ संक्रमित अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

कोभिड–१९ संक्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन्।शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्समार्फत गरेका थिए। त्यस बखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए।उनलाई खानमा पनि अरुचि छैन। प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीलाई देखाउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए। कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका

दक्षिण कोरियामा ९३ हजार कोरानाका नयाँ संक्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयाअवधी अर्थात शनिबार मध्यरातसम्म ९३ हजार नयाँ कोभिड–१९ संक्रमित भेटिएका छन्।

उपत्यकामा कति थपिए संक्रमित ?

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३२२ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’

काठमाडौं । कोरोना संक्रमण भएकी आमाले पनि स्तनपान गराउन मिल्ने विज्ञले सुझाएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेर स्तनपान गराउन मिल्ने विज्ञको सुझाव छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले कोभिड–१९ संक्रमित आमाले पनि बच्चालाई दुध चुसाउन सक्ने बताए । उनले भने, ‘अहिले कोरोना संक्रमण बढिरहेको छ । कोभिड–१९ […] The post ‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बेइजिङमा ६ महिनापछि कोभिड १९ संक्रमित पहिचान

चीनको राजधानी बेइजिङमा करिब ६ महिनापछि पहिलो कोभिड १९ संक्रमित पहिचान भएका छन्। १७९ दिनपछि बुधवार बेइजिङमा एकजनामा संक्रमण देखिएको हो। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिनबाट रोक्न चिनियाँ अधिकारीहरुले प्रयास गरेपनि नानजिङको एक विमानस्थलबाट संक्रमण फैलिएको हुन सक्ने बताइएको छ।  बेइजिङमै बिहीवार कोभिड १९ को अर्को पनि संक्रमण पुष्टि भएको…

गल्फ खेलाडी प्रतिमा कोभिड–१९ संक्रमित

काठमाडौं। प्रसिद्ध गल्फ खेलाडी प्रतिमा शेर्पा कोरोना संक्रमित भएकी छिन्। प्रतिमाले कोरोनाको सबै लक्षण भए पनि अवस्था चिन्ताजनक नरहेको बताएकी छन्। आफ्नो आमा र बुबासमेत संक्रमित भएको उनले बताइन्। बुबा, आमालाई अस्पताल भर्ना गर्नुपरे पनि अहिले स्थिति सुधारोन्मुख भएको उनको भनाई छ।

गल्फ खेलाडी प्रतिमा कोभिड–१९ संक्रमित

काठमाडौं। प्रसिद्ध गल्फ खेलाडी प्रतिमा शेर्पा कोरोना संक्रमित भएकी छिन्। प्रतिमाले कोरोनाको सबै लक्षण भए पनि अवस्था चिन्ताजनक नरहेको बताएकी छन्। आफ्नो आमा र बुबासमेत संक्रमित भएको उनले बताइन्। बुबा, आमालाई अस्पताल भर्ना गर्नुपरे पनि अहिले स्थिति सुधारोन्मुख भएको उनको भनाई छ।

संक्रमित भेटिएपछि हलेसी तुवाचुङ नगरपालिकालाई शिल

कोभिड–१९ संक्रमित भेटिएपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई शिल गरिएको छ।