गल्फ खेलाडी प्रतिमा कोभिड–१९ संक्रमित

काठमाडौं। प्रसिद्ध गल्फ खेलाडी प्रतिमा शेर्पा कोरोना संक्रमित भएकी छिन्। प्रतिमाले कोरोनाको सबै लक्षण भए पनि अवस्था चिन्ताजनक नरहेको बताएकी छन्। आफ्नो आमा र बुबासमेत संक्रमित भएको उनले बताइन्। बुबा, आमालाई अस्पताल भर्ना गर्नुपरे पनि अहिले स्थिति सुधारोन्मुख भएको उनको भनाई छ।

सम्बन्धित सामग्री

थप २ जना कोभिड–१९ संक्रमित थपिए

नेपालमा थप २ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।

६५८ थपिए कोभिड - १९ संक्रमित

कोरोना भाइरसबाट आज छ सय ५८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा छ हजार छ सय ४३ परीक्षणमध्ये सो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको...

नेपालमा थपिए २८६ कोभिड-१९ संक्रमित

देशभर पछिल्लो २४ घण्टामा थप दुई सय ८६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सो अवधिमा चार हजार चार सय २३ जनाको नमुना परीक्षण गरिएको थियो। एक हजार आठ सय १६ जनाको...

कोभिड–१९ संक्रमित अमेरिकी राष्ट्रपतिको स्वास्थ्यमा सुधार

कोभिड–१९ संक्रमित राष्ट्रपति जोसेफ बाइडेनको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार बाइडेनले दिनको आठ घण्टाभन्दा बढी समय काम गरिरहेका छन्।शुक्रबार उनले आफ्नो शीर्ष आर्थिक टोलीसँग भिडियो कन्फरेन्समार्फत गरेका थिए। त्यस बखत उनले आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताएका थिए।उनलाई खानमा पनि अरुचि छैन। प्लेटमा रहेका खानेकुराका केही टुक्रा आफ्ना सहयोगीलाई देखाउँदै आफूलाई खान मन नलाग्ने कुनै समस्या नभएको बताएका थिए। कानुनी दस्तावेजहरूमा हस्ताक्षर गर्नाका

‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’

काठमाडौं । कोरोना संक्रमण भएकी आमाले पनि स्तनपान गराउन मिल्ने विज्ञले सुझाएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना गरेर स्तनपान गराउन मिल्ने विज्ञको सुझाव छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख केदारराज पराजुलीले कोभिड–१९ संक्रमित आमाले पनि बच्चालाई दुध चुसाउन सक्ने बताए । उनले भने, ‘अहिले कोरोना संक्रमण बढिरहेको छ । कोभिड–१९ […] The post ‘कोभिड–१९ संक्रमित आमाले पनि स्तनपान गराउन मिल्छ’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बेइजिङमा ६ महिनापछि कोभिड १९ संक्रमित पहिचान

चीनको राजधानी बेइजिङमा करिब ६ महिनापछि पहिलो कोभिड १९ संक्रमित पहिचान भएका छन्। १७९ दिनपछि बुधवार बेइजिङमा एकजनामा संक्रमण देखिएको हो। कोरोना भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिनबाट रोक्न चिनियाँ अधिकारीहरुले प्रयास गरेपनि नानजिङको एक विमानस्थलबाट संक्रमण फैलिएको हुन सक्ने बताइएको छ।  बेइजिङमै बिहीवार कोभिड १९ को अर्को पनि संक्रमण पुष्टि भएको…

चेक गणतन्त्रको ओलम्पिक टिमका एक सदस्यमा कोभिड–१९ संक्रमण

एजेन्सी। चेक गणतन्त्रको ओलम्पिक टिमका एक सदस्य कोभिड–१९ संक्रमित भएका छन्। प्रागबाट चार्टर फ्लाइटमा टोकियो आइसकेपछि ती सदस्यमा कोभिड–१९ परीक्षण पोजिटिभ देखिएको हो। तथापि अन्य खेलाडी भने सुरक्षित रहेको चेक गणतन्त्रका ओलम्पिक अधिकारीले बताए। संक्रमित व्यक्ति र यात्रामा उनको नजिक रहेकाहरू अहिले आइसोलेसनमा छन्। टोकियो आउनुअघि दुई पटकको परीक्षण नेगेटिभ आएको थियो र कुनै लक्ष्यण देखिएको थिएन।

टोकियो ओलम्पिक भिलेजमा कोभिड–१९ संक्रमित भेटियो

एजेन्सी। टोकियो ओलम्पिक एथलेट्स भिलेजमा एक जना कोरोना संक्रमित भेटिएको छ। टोकियो–२०२० का सिइओ तोशिरो मुटोले आयोजक कमिटीमै रहेका विदेशी नागरिक कोरोना संक्रमित भएको पुष्टि गरेका हुन्। तद्यपी उनको व्यक्तिगत विवरण खुलाइएको छैन। कोभिड–१९ कै कारण एक वर्ष ढिला हुन लागेको ओलम्पिक जुलाई २३ बाट शुरु हुनेछ। त्यसका लागि खेलाडी टोकियो पुग्ने क्रम सुरु भएको छ।

तेह्रथुममा कोभिड-१९ नियन्त्रणको तयारी के छ

तेह्रथुम। तेह्रथुम जिल्लामा कोभिड-१९ नियन्त्रणको लागि निरन्तर काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जिल्ला अस्पतालमा २८ सहित ५३ वटा अक्सिजन सिलिन्डर ब्यवस्था गरिएको छ। अस्पतालमा १० शैय्याको आइसोलेसन सेन्टर छ भने थप १० वेडको बनाउँदै गरिएको छ। जिल्लाका अन्य ४ वटा स्वास्थ्यचौकीमा ४८ शैय्यामा कोभिड-१९ संक्रमित बिरामी राख्न सकिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जयराज भण्डारीले बताए।

भारतमा लगातार चौथो दिन चार लाख कोभिड-१९ संक्रमित

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन्।