काठमाण्डौ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु भएको छ ।
देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो । भरे बेलुका ५ बजेसम्म भोट हाल्न पाइने छ । मतदान केन्द्रमा भोट हाल्नका लागि मतदाता पुगेका छन् । मतदाताको सङ्ख्या बिस्तारै बढ्दै छ ।
ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भोट हाल्न लाइन बस्नु पर्दैन । अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ ।&nb...